पथरीथनिश्चरे,
मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा बेलबारी एफ.सी. विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
क्वाटरफाइनल खेलमा बेलबारीले राष्टिय जागृति युवा क्लब विरुद्ध ४- १ को नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा बेलबारीका विवेक पौडेलले २ गोल गरे भने कसिम राई र पारस खत्रीले १/ १ गोल थप्दै बेलबारीलाई विजयी गराएका थिए ।
मध्यान्तर पछिको ५ औं मिनेटमा जागृतिका एलोन राईले सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बेलबारीका २ गोलकर्ता विवेक पौडेल घोषित भए । उनले नगद रु २५ सय र टफी प्राप्त गरेका थिए ।
थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको खेल मैदानमा संचालन भइरहेका छन् ।
प्रतियोगिताअन्तर्गत भोलिको खेल भाउन्ने एफ.सी. र दमक एफ.सी. बीच हुने बिच हुने आयोजकले बताएको छ । प्रतियोगिताको प्रथम र दोस्रो हुने टिमलाई क्रमशः १ लाख १ हजार र ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ्गले जानकारी गराए । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते हुनेछ ।


























