नयाँ युगल जोडी सहित ज्ञान सुब्बाको सुखमा पनि दु:खमा पनि

0
879

धरान,

हंगकंगमा बसेर नेपाली सुगम संगीतमा स्तरिय गीत – संगीत पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत “सुखमा पनि दु :खमा पनि” को म्युजिक भिडिओ सहित आफ्नो युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गरेका छन्।

गीतकार राई डी हाङ्गखिमको शब्दमा बरीष्ठ संगीतकार दिनेश सुब्बाको कर्णप्रिय संगीत रहेको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ भने मिन बिस्टले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।

सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको युगल अभिनय रहेको प्रेमभावको गीतको नृत्य सुनिल मगर , छायाँकन गोपाल मगर , सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्ग्मा योञ्जनको रहेको छ।

आफ्नो भिडियोमा नयाँ कलाकारहरुलाई पनि अभिनय गराइरहने गायक ज्ञान सुब्बाले यो गीतमा सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको नयाँ जोडीलाई मौका दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here