मोरङ।

मोरङको धनपालथान गाउँपालिका–३ मोरीयापुलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साईकल पछाडी सवार रंगेली नगरपालिका ३ की २८ बर्षीय रेखा पासवान रहेकी छन् । रंगेली–बिराटनगर सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०४–००१ख ००२२ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार रेखा पासवान र उनकै श्रीमान् ३१ बर्षीय उमेश पासवान घाईते भएका थिए ।
दुवै घाईतेलाई उपचारको लागि रंगेली अस्पताल पठाईएकोमा रेखाको अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने उमेशको सोही अस्पतालमा नै उपचार भईरहेको छ ।
दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजतालस भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।































