८ बजेपछि देउसी खेल्न नपाइने

0
617

झापा ।

बिर्तामोड नगरपालिकाले राति ८ बजेपछि देउसी, भैलो नखेल्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले बुधबार सूचना जारी गर्दै रातिको समयमा देउसी, भैलो लगायत सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।

कोरोना महामारीको प्रकोप अझै बाँकी रहेकाकारण पनि भिडभाड हुने खालका कार्यक्रमहरु गर्नु उचित नरहेको जनाउँदै नगरपालिकाले यस्तो सूचना जारी गरेको हो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिहान दिउँसोको समयमा कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसी भैलो तथा नाचगान गर्न आग्रह गरे । नगरप्रमुख शिवाकोटीले नगरवासीहरुलाई तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना समेत दिएका छन् ।

सुरक्षा संवेदनशिलताका कारण पनि रातिको समयमा देउसी भैलो लगायत मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्नु उचित नहुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here