प्रविधिमैत्री बन्दै शिखर

0
429

झापा।

शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रविधि मैत्री बन्दै गएको छ ।

‘प्रविधिमा हामी एक कदम अगाडि’ भन्ने नारा सहित बिर्तामोडमा मुख्य कार्यालय रहेको यो सहकारीले सदस्यहरुबीचमा रहेर बचत गर्ने बानीको विकास गराउँदै डिजिटल बैकिङ्ग कारोवारमा सदस्यहरुलाई जोडेको छ ।

सहकारीमा आवद्ध सदस्यहरु मध्ये हालसम्म १ हजार ५ सयभन्दा बढीले शिखर एम बंैक प्रयोग गर्दै आएको सहकारीका अध्यक्ष दीपेन्द्र राउतले बताए ।

सहकारीमा आवद्ध सदस्यलाई मोबाइल बैकिङ्गमा प्रोत्साहन गर्न कात्तिक १८ गते लक्ष्मी पूजाको दिनबाट बैंक ट्रान्सफरमा लाग्ने शुल्क समेत निःशुल्क गरिएको बुधवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

शिखर एम बैंकबाट प्रतिकारोवार १ लाख रुपैयाँसम्म गर्न सकिने र दैनिक २ लाखसम्म मोवाइलबाट रकम बैक ट्रान्सफर गर्न सकिने अध्यक्ष राउतको भनाइ छ । संस्था सुरक्षित मात्र भएर नहुने हुँदा संस्थाको डाटालाई पनि सुरक्षित गर्नुपर्ने हुन्छ– अध्यक्ष राउतले भने – संस्थाको डाटा सुरक्षित गर्न क्लाउड हिमालयसंग सम्झौता गरी डाटा सुरक्षा क्लाउडमा गरिएको जानकारी गराउँदछौ ।’

संस्थाले प्रिमियम टेक्नोलोजी प्रा लिको प्रयोग गरिएको बताइएको छ । प्रिमियम टेक्नोलोजी प्रालि नेपालमै उत्कृष्ट सहकारी सफ्टवेयर प्रदायक कम्पनी रहेको बताइएको छ । यो प्रविधिबाट अव ग्राहकले कार्डलेस एटिएम, बैक ट्रान्सफर सेवा, हवाईजहाजको टिकट, बसको टिकट, विद्युत, खानेपानी महशुल भुक्तानी, क्युआर स्क्यान सेवा, इसेवा, खल्ती, आईएमई पे, प्रभु पेलगायतका डिजिटल वालेटमा रकम ट्रान्सफर गर्न सकिने बताइएको छ ।

संस्थाको ११औ बार्षिक साधारणसभा आगामी मंसीर २ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ४४ जना शेयर सदस्यको रु. ४४ हजारबाट साविक गाविसहरु अर्जुनधारा, गरामनी, शनिश्चरे, चारपाने र अनारमनीसहित ५ गाविस कार्यक्षेत्र रहेर शुरुवात गरिएको संस्थाले अहिले आफ्नै भवन खरिद गरेको बताइएको छ । तीन जना कर्मचारीबाट शुरुवात भएको यो संस्थामा हाल ३५ जना कर्मचारी कार्यरत रहेको अध्यक्ष राउतले बताए ।

संस्थालाई दिगो, सुरक्षित र बिश्वसनीय बनाउनु कर्तव्य ठानी सञ्चालक समितिले जग्गा खरिद गर्ने निर्णय गरी साधारणसभाबाट पनि पारित गराएको थियो । त्यस निर्णय बमोजिम २०७७ साल असोज १ गते २४१.२० वर्गमिटर र मंसीर ११ गते ५१ वर्गमिटर गरी जम्मा जग्गा क्षेत्रफल २९२.२० वर्गमिटर ,साढे तीन तलासहितको घर रु. २ करोड १८ लाख ४० हजार एक रुपैयाँमा खरिद गरी संस्थाको नाममा पास गरिएको अध्यक्ष राउतले पत्रकार सम्मेलनमा बताए ।

संस्थामा असार मसान्तसम्मको तथ्यांक अनुसार कूल सदस्य ७७२० जना रहेको र शेयर रकम ५ करोड १८ लाख ३५ हजार रुपैयाँ रहेको बताइएको छ । संस्थामा कूल बचत ६५ करोड १५ लाख ९ हजार ७ सय ८७ रुपैयाँ रहेको छ भने कूल ऋण लगानी ६२ करोड ६३ लाख ४० हजार २ सय ८९ रुपैयाँ रहेको छ भने खुद नाफा १ करोड ४२ लाख ३३ हजार एक सय ९ रुपैयाँ रहेको बताइएको छ ।

सामाजिक कार्यमा पनि अग्रणी रहेको संस्थाले स्थापना दिवसको अवसरमा राजगढ सेवाकेन्द्रमा एक सय जना विपन्न परिवारका बालबालिकालाई दशैको लुगा वितरण गरेको थियो । सदस्यहरुलाई कोरोनाको समयमा संस्थाबाट रु. १३ लाख ६७हजार ४३३ व्याज छुट गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here