दमौली,

नेपालीहरुको ठूलो महान् चाड तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ ।
तनहुँ कारागारस्थित कैदीबन्दीले आज तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन नपाएपछि कैदीबन्दीको निधार खाली भएको हो ।
यस पटक बाहिरी मान्छेलाई कारागारभित्र प्रवेश गर्ने व्यवस्था मिलाउन नसकिएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो ।
“कोरोना सङ्क्रमणको जोखिमका कारण बाहिरबाट मानिसलाई प्रवेश दिन सकिएन”, उहाँले भन्नुभयो, “यस वर्ष कैदीबन्दीको तिहारमा निधार खाली भयो ।”
कारागार प्रशासनले दसैंमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन निषेध गरेको थियो । यद्यपि दसैंमा भने कैदीबन्दीले आ–आफै टिका लगाएका थिए ।





























