सशस्त्रको विपद् व्यवस्थापन शिक्षालयलाई ‘जीवनरक्षक सम्मान’

0
567

काठमाडौँ, 

चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई ‘विपद् व्यवस्थापन जीवनरक्षक सम्मान’ प्रदान गरिएको छ ।

प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपीनेपाल)द्वारा काठमाडौँमा आज आयोजित एक समारोहबीच शिक्षालयका प्रमुख कालिदास धौबजीले उक्त सम्मानपत्र ग्रहण गर्नुभयो । कुरिनटार शिक्षालयका तालिमप्राप्त सशस्त्र प्रहरीले विभिन्न क्षेत्रमा विपद्का बेला ज्यानको बाजी थापेर नागरिकको उद्धारमा महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।

डिपी नेपालको तेह्रौँ वार्षिकोत्सव समारोहमा शिक्षालयसहित सामुदायिक विकास तथा पैरवी मञ्च महोत्तरीका अध्यक्ष नागदेव यादवलाई ‘विपद् व्यवस्थापन विशिष्ट सम्मान’ तथा नाष्टका पूर्वउपकुलपति प्राडा जीवराज पोखरेललाई ‘विपद् व्यवस्थापन प्रविधि सम्मान’ प्रदान गरिएको थियो ।

समारोहमा राष्ट्रिय जोजना आयोगका सदस्य सलोनी प्रधान सिंहले प्राकृतिसँगै मानव सिर्जित विपद् बेहोर्दै आएको नेपालमा त्यसको जोखिम न्यूनीकरणका लागि सामुहिक सहकार्यको खाँचो रहेको औँल्याउनुभयो । उहाँले नेपालमा अध्ययन अनुसन्धान गरेर अनुभवको आधारमा पूर्वतयारी गर्न सकिए मात्रै विपद् व्यवस्थापनका कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण राज्य एक्लैले गर्न नसक्ने हुँदा निजी क्षेत्रसमेतको सहकार्य जरुरी रहेको औँल्याउनुभयो । उहाँले यसका लागि विवेकपूर्ण लगानीको आवश्यकता माथि जोड दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घ नेपालका उपमहासचिव अर्जुन भट्टराईले विपद् व्यवस्थापन कार्यक्रमलाई स्थानीय निकायले प्राथमिकतामा नराखेसम्म जोखिम कम गर्न नसकिने दावी गर्दै त्यसतर्फ सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

डिपी नेपालका निवर्तमान अध्यक्ष रामचन्द्र न्यौपानेले विकासका कार्यक्रमको मुल प्रवाहिकरणमा विपद्लाई राख्न सके जोखिम कम गर्न सकिने बताउनुभयो । डिपी नेपालका अध्यक्ष सूर्यबहादुर थापाले विपद् जोखिम न्यूनीकरण आम नागरिकको सरोकारको विषय भएकाले नीजि क्षेत्रलाई सहभागिता गराउनुपर्नेमा जोड दिँदै संस्थाले सहकार्यको प्रयास शुरु गरेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here