किसानसंगै माफी मागे बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले

0
397

झापा ।

झापाका अस्पतालहरुबाट उत्पादित फोहोर (मानव सिनो) माछा पोखरीमा हाल्ने गरेको भन्दै किसान प्रति गम्भीर अरोप लगाएका बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले माफी मागेका छन् ।

वडाध्यक्ष संग्रौलाले फेसबुकमा लेखेको स्टाटस

उनले एक विज्ञप्ति जारी गर्दै किसानसंग माफी मागेका हुन । वडाअध्यक्षको स्टाटसपछि माछा पालक किसानले सार्वजनिक रुपमा आपत्ति जनाएका थिए । माछा पालक किसानहरुले पत्रकार सम्मेलन गरेरै संग्रौलालाई सो आरोप प्रमाणित गर्न चेतावनी समेत दिए पछि वडाध्यक्ष संग्रौलाले विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् । वडाध्यक्ष संग्रौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अवज्ञानका कारण गल्ती महसुस गरेको भन्दै माछा पालक किसानसँग क्षमा मागेका हुन् ।

राती–राती अस्पतालको फोहोर माछालाई चारोको रुपमा खुवाइ रहेको गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेखेका थिए । उनले सञ्जालमा लेखेको तथ्यहिन विषयवस्तु किसान सामु प्रमाणित गर्न नसकेपछि क्षमा मागेका छन् ।

यसरी मागे माफि

वडाध्यक्ष संग्रौलाले बिज्ञप्तिमा भनेका छन् – पंगास तथा कार्व जातिका माछाहरु साहाकारी भएको कुरा जानकारी नभएको र सुन्नमा आएको कुरा भुलवस व्यक्त भएको अभिव्यक्ति प्रति समग्र माछा पालक किसानहरु प्रति लक्षित नभएकाले विनम्रता पूर्वक क्षमा याचना गर्दै आगामी दिनमा यस व्यवसायमा संलग्न कृषकहरुलाई मेरो व्यक्रिगत तथा निकायको तर्फबाट आवश्यक सहयोग गर्नेछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here