नाइटबसको ठक्करबाट बालकको मृत्यु

0
625

मोरङ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ जय चोक स्थित राजमार्गमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलबारी नगरपालिका ४ बस्ने भावना अचार्यको ७ बर्षीय छोरा बिवस आचार्य रहेका छन् । प्रदेश ३–००१ ख २०० नम्बरको काठमाडौंबाट आएको नाइट बसले बालक आमासंग बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भिर घाईते भएका बालकको उपचारको लागि पथरी अस्पतालमा पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटना गराई फरार रहेको बसलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चालक भोजपुर रामप्रसाद राई गाउँपालिका ६ का ३४ बर्षीय शम्भु थापा सहितलाई पक्राउ गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here