किशोरीहरुका लागि आत्मरक्षासम्बन्धी तालिम

0
409

दुहागढी ।

किशोरीहरुका लागि आत्मरक्षासम्बन्धी २ दिने तालिम झापा मेचीनगर १४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा शुक्रवार सम्पन्न भएको छ ।

महिला जनचेतना केन्द्र काँकडभिट्टाको आयोजना तथा काँकडभिट्टा फिटनेस सेन्टरको सहआयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिममा कक्षा ८, ९ र १० का ७० जना छात्राहरुको सहभागिता रहेको थियो । तालिममा आत्मरक्षासम्बन्धी विभिन्न ज्ञान र सिपका बारेमा प्रशिक्षकहरु अर्जुन लम्साल र साइकिरण लम्सालले सहजीकरण गरेका थिए ।

महिला जनचेतना केन्द्रका मणिकुमार लिम्बूले तालिमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here