१६ लाख भन्दा बढीको भारतिय चिनी बरामद

0
498

सुनसरी।

सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद गरिएको छ ।

गत मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपाल तर्फ भन्सार छली प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो ।

यसैगरी गढी गाउँपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार मानिसहरुले वरामद दुई वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडेर भागेका थिए ।

बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनि सहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here