गणेशले गर्यो ३ लाख ६६ हजार संकलन

0
747

गणेश अर्याल /इलाम,

इलामको रोङ गाउ पालिका ४ को गणेश आधारभूत बिद्यालयले गत तिहारमा देउसी भौलो कार्यक्रम बाट ३ लाख ६६ हजार रकम संकलन गरेको छ ।

शिक्षको गुणस्तरमा सुधार ल्याउने अभियानका लागि आर्थिक संकलन गर्ने उद्देश्यले देउसी भौलो कार्यक्रम आयोजना गरिएको थियो । कक्षा ५ सम्म पठनपाठन हुने सो बिद्यालयमा अग्रेजी बिषय पठन पाठनको लागि निजी श्रोत बाट शिक्षक नियुक्त गर्न रकम संकलन गरिएको बिद्यालयका प्रधानाध्यापक घनश्याम माझीले बताए ।

‘बिभिन्न स्थानमा बिभिन्न टोली बनाएर सहयोग रसिद मार्फत रकम संकलन गरिएको थियो, प्रधानाध्यापक माझीले भने, ‘सबै क्षेत्रबाट उत्साहजनक सहयोग प्राप्त भएको छ । ३१ स्थानमा सहयोग संकलनको लागि बिद्यालयले टोली बनाएर परिचालन गरेको थियो ।

बिश्व परिबेशमा अग्रेजी भाषाको मोह बढि रहेकाले सरकारी बिद्यालयमा अभिभावकले केही लगानी गर्न सके अग्रेजी पठन पाठन गराउन सकिने भएकाले रकमको जोहो गरेको बिद्यालय ब्यवस्थाप समिति अध्यक्ष हर्क बहादुर राई बताउछन् ।

संकलन गरिएको रकम समुदायमा लगानी गर्ने तथा त्यस बाट प्राप्त ब्याजले शिक्षक तलबमा लगानी गरिनेछ, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष राईले भने, –‘अभिभावक र शिक्षा सेवीहरुको सल्लाह अनुसार कक्षा ५ सम्म अग्रेजी पुस्तक पठन पाठन गराउने योजना रहेको छ । बिद्यालयमा एक कार्यक्रम गरी देउसीको रकमको हिसाब किताब अभिभावक समक्ष सार्बजनिक गरिएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर राईको सभापतित्वमा एक कार्यक्रम गरी देउसीको रकमको हिसाबकिताब सुनाइएको हो ।

अक्षय कोषको घोषणा

बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष एव रोङ गाउपालिका ४ का वडा सदस्य कमल कुमार राईले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा २५ हजार रुपैयाको अक्षय कोष स्थापना गर्ने बताएका छन् । आफूले क, ख सिकेको बिद्यालय तथा पछि सोही बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष समेत भएकाले यो कोष स्थापना गर्ने योजना रहेको वडा अध्यक्ष राईले बताएका छन् ।

बुवा चन्द्रमान राईले १९ बर्ष सम्म यही बिद्यालयको सञ्चालक समिति अध्यक्ष हुनु भयो, वडा सदस्य राईले भने,– ‘ बुवाले गर्नुभएको योगदानलाई कदर गर्दै उहाको सन्तानहरुको तर्फ बाट २५ हजार रुपैया बराबरको अक्षय कोष स्थापना गर्ने छौ । गरिब तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले बिद्यालय सग सहकार्यमा आगामी बैशाख सम्ममा अक्षय कोष स्थापना हुने वडा सदस्य राई बताउछन् ।

बिद्यार्थीलाई पोषाक सहयोग प्राप्त

युके मा कार्यरत नेपालीहरुको सस्था युके समाजले गणेश आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई जाडोमा लगाउने ट्राक सुट बितरण गरेको छ । बिद्यालयको नाम लेखिएको ४९ थान ट्राक सुट बितरण गरिएको हो । युकेमा कार्यरत भुवन सिह देवानको तर्फबाट सो कपडा बिद्यालयलाई उपलब्ध भएको बिद्यालयले जनाएको छ । बिद्यालयमा आयोजित एक कार्यक्रममा सो लुगा बिद्यार्थीलाई दिइएको देवानको सहयोगी मदन तामाङले बताए ।

२०२५ साल बैशाख २५ गते स्थापना भएको सो बिद्यालयमा हाल ४९ जना बिद्यार्थी अध्ययन रत रहेका छन् । आम्दानीको श्रोत कम भएकाले बिद्यालयको भौतिक सुधारमा बर्षेनी समस्या हुने गरेका अभिभावकहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here