प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक दिने अभिमुखिकरण

0
714

झापा ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक दिने अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आर्थिक वर्ष २०७८/७९मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारीश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत वडागतरुपमा छनोट भएका आयोजनाहरु सञ्चालन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाका नगरप्रमुख धुर्वकुमार शिवाकोटीले नगरभित्रका उद्योग तथा कल कारखानाहरुमा स्थानिय कामदारहरुले काम पाउनु पर्ने धारणा राख्नु भयो । भारतबाट आएका मजदुरहरुले काम गरीरहेको भन्दै उहाँले स्थानिय क्षेत्रमा स्थानिय कामदारहरुले काम पाउनु पर्ने बताउनुभयो ।

यसबारेमा उद्योग तथा कलकारखानाहरुसंग समन्वय गर्न सम्बन्धित शाखालाई आग्रह समेत गर्नु भयो । कार्यक्रममा बोल्दै नगरपालिकाकि उपप्रमुख पवित्रा महतारा प्रसाईले सबै वेरोजगारहरुलाई राज्यले सकेसम्म धेरै रोजगारको व्यवस्था गर्नु पर्ने बताउनु भयो । उहाँले रोजगार दाताले दिएको काममा सबैले ध्यान दिएर गर्न पनि सहभागिहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले नेपाल सरकारबाट सञ्चालित भएका योजना तथा कार्यक्रमहरुमा वेरोजगारहरुलाई वर्षमा एक सय दिन रोजगार दिने नीति रहेको बताउनु भयो । उहाँले रोजगारसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु नगरका १० वटै वडामा छनोट भईसकेको पनि जानकारी दिनु भयो ।

अभिमुखिकरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर १,२,३ र ४का १५ जना भन्दा बढीले सहभागिता जनाएको नगरको रोजगार सेवा केन्द्रका प्रमुख होमनाथ भट्टराईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here