‘अनि देउराली रुन्छ’ नाटकको प्रदर्शनी हुँदै

0
769

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगर क्षेत्रमा हाल प्रदर्शन भैरहेको नाटक ‘अनि देउराली रुन्छ’ले आम दर्शकको आँखा रसाएको छ।

नेपालीभाषी दार्जिलिङवासी वरिष्ठ साहित्यकार मान बहादुर मुखियाको लेखन रहेको उक्त नाटकले झण्डै ४ दशक अघको नेपाली समाजको ज्वलन्त वियोगान्त प्रेम कथा , सामाजिक अन्याय , उत्पीडन , महिला हिँसा,शोषण, विकृति र विसङ्गतिजस्ता अनगिन्ती घटना- परिघटनालाई मार्मिक, कारूणिक र सशक्त रूपमा अभिनयमार्फत दर्शकसामु पस्कीएको पाईन्छ।

पथरीशनिश्चरे नगर क्षेत्रमा वसोवास समेत गर्दै आएका नाट्यकर्मी जीवन बरालद्वारा निर्देशित उक्त नाटकमा कलाकारहरूले मोफसलमा रहेर पनि सशक्त र जिवन्त अभिनय प्रस्तुत गरेका छन् ।

शब्द थिएटर पथरीका निर्देशक जीवन बराल, कलाकारहरु सरोज तिम्सिना , सन्ताेस राई”छत्र”, ईश्वर दुलाल , अशोक साम्पाङ,पुष्प राई,, मेनुका कुलुङ लिम्बु , बालकलाकार काव्य बराल आदिले नाट्यकला प्रस्तुत गरेका हुन् ।

पथरीशनिश्चरे बडा नं २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको हलमा हरेक दिन विहान ८ बजे ,११ वजे र अपरान्ह ४ बजे गरी ३ शो प्रदर्शनी भैरहेका छन् । उक्त नाटक मंसिर ११ गतेसम्म प्रदर्शन हुने निर्देशक जीवन बरालले बताउनुभयो।

विभिन्न संघ संस्था, विद्यालय तथा बुद्धिजीवीले नाटक प्रर्दशनीको पहिलो प्रिमियर शो औधि निकै मन पराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here