माओवादी केन्द्र पथरीशनिश्चरेको नगर अधिवेशनको तयारी

0
588

पथरीशनिश्चरे,

 

मोरङको पथरीशनिश्चरे नगरमा पुरानो शक्ति पुनः आर्जन गर्ने उदेश्यले नेकपा-माओवादी केन्द्रका नगर तथा गाउँपालिकाको सम्मेलनको भब्य तयारी भइरहेको छ ।

सोही तयारीको सिलसिलामा विहीवार पथरी बहुमुखी क्याम्पसको सभाहलमा वडा समितिका अध्यक्षहरूसहितको बैठक बसेको थियो । आगामी मंसिर ११ गते उक्त पार्टीको देशब्यापी रुपमा नगर तथा गाउँपालिकाको सम्मेलन सम्पन्न गर्नका लागि तयारी भइरहेको छ ।

अघिल्लो निर्वाचनमा गुमेको जनाधार बलियो बनाउन र आम जनताको शक्ति मजवुत गर्ने उदेश्यले ‘जनयुद्ध’ कालीन नेता लालबहादुर सुश्लिङ मगर सबिन , बालकुमार मगर बिकास, नेत्र पोख्रेल, बर्तमान नगर इन्चार्ज दिनानाथ तिम्सिना लगायतका नेताहरु लागि परेका छन् ।

नगर समितिमा आवद्ध युवाहरुको साथमा आउँदो ११ गते सम्मेलन सभ्य र भव्य रूपमा सम्पन्न गर्न युद्धस्तरमा तयारी भइरहेको नगर समितिका उपाध्यक्ष प्रेम ढकालले बताएका छन् ।

सम्मेलन भव्य ताका सम्पन्न गर्न लालबहादुर मगर (सविन)को नेतृत्वमा ९ वटा उपसमिति बनेको नगर सहसचिव मान दियालीले जानकारी दिएका छन् ।

जसमध्यें स्टेज तथा साउण्ड सिष्टम ब्यवस्थापनमा मोहन लिम्बू, आर्थिक व्यावस्थापनको जिम्मेवारी क्रमशः प्रेम ढकाल, रविन राई, मान दियाली र बिजय चेम्जोङदिईएको छ भने यातायात ब्यबस्थापनमा गोबिन्द कटुवाल, सामाग्री ब्यबस्थापनमा बालकुमार मागर, राधिका गौतम, खाद्य ब्यबस्थापनमा बेदनिधि खनाल, तथा राधिका गौतम, प्रचारप्रसारमा अर्जुन जम्नेली, मोहन भट्टराई, सुमन लिम्बू, तथा सिर्जना धिमाल, युवा परिचालनमा अणु राई, सुमन वनेम तथा याम मादेन, मजदुर परिचालनमा पूर्ण कार्की लगायतलाई जिम्मेवारी दिइएको छ ।

सम्मेलन उद्घाटन अघि भव्य र्याली प्रदर्शन गर्ने तयारी भइरहेको नगर समिति अध्यक्ष चेतन दाहालले बताएका छन् । नगरमा हाल एक हजार ७८१ संगठित सदस्य रहेका छन् ।

सो दलका यस अघि भएको वडा सम्मेलनबाट १० वटै वडामा सर्वसम्मत समिति चयन भएका थिए । सम्मेलनले १ देखि १० सम्म वडा समितिको अध्यक्षमा क्रमस युवराज चौलागाई, धनराज आचार्य,टंक पराजुली, धनपाल मादेन, कमल कटुवाल, डिल्लि चम्लागाई, मोहन नेम्वाङ, पूर्ण खजुम, ईश्वर चौहन, पदमबहादुर गुरुङ सर्बसम्मत चयन भएका हुन् ।

दुई पार्टीको एकतापछि गठन भएको नेकपामा माओवादी कार्यकर्ताहरु कमजोर जस्तो देखिए पनि सर्वोच्च अदालतले पुरानै पार्टी ब्युताइदिएपछि माओवादी नेता कार्यकर्ताहरु नयाँ गतिको साथ अघि बढ्ने प्रतिबद्धतासहित संगठन निर्माणमा जुटेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here