जलेश्वर सामुदायिक सिकाई केन्द्रद्वारा विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम

0
490

अर्जुनधारा ।

‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मुख्य नारासहित जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजनामा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सुरु गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई साइबर क्राइम, लागु औषध दुव्र्यसन, बाल विवाह र महिनावारी स्वच्छता सम्बन्धी जानकारी गराइएको केन्द्रकी अध्यक्ष पुनम सुवेदीले बताइन् ।

अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयमा अध्धयनरत् कक्षा–८, ९ र १० का ४० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा सहजकर्ताहरु शनिश्चरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निधी तिम्सिना, अरुणा चौधरी, प्रविण गौतम र सन्देश सुवेदीले सहजिकरण गरेको केन्द्रकी सदस्य सचिव नीशा गौतमले जानकारी दिइन् ।

अध्यक्ष सुवेदीको अध्यक्षता र नगर शिक्षा शाखाकी अधिकृत सुनिता भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहनकुमार ओली, शनिश्चरे माध्यमिक विद्यालयका शिक्षक विनोद गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रम मंगलबार अर्जुनधारा–४ स्थित अर्जुनधारा माध्यमिक विद्यालय र बुधबार अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here