विद्यार्थीको उत्साहजनक सहभागिता

0
585

चुलाचुली,

माङ्सेबुङ् गाउँपालिका ४ स्थित श्री सरस्वती आभारधूत विधालयमा दिवा खाजा कार्यक्रम ल्याएपछि विद्यालयमा विद्यार्थीहरुको उपस्थिति उत्साहजनक देखिएको छ ।

१ सय ५२ जना जम्मा विधार्थी संख्या रहेको विधालयमा नियमित नर्सरी कक्षा देखि आठ सम्मका १ सय ३७ जना विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्दै आएको विधालयका प्रधानाध्यापक दाताराम खनालले चुलाचुली मिडियालाई वताएका छन् ।

नेपाल सरकारले आर्थिक बर्ष २०७७/ २०७८ को आर्थिक बर्षबाट कक्षा १ देखि कक्षा ५ सम्मका विधार्थीहरुलाई दिवा खाजा दिने व्यवस्था लागु गरेपछि ग्रामिण क्षेत्रका विपन्न परिवारका बालबालिकालाई विधालय सम्म पढ्न आउने वातावरण मिलेको हो ।

“”त्यसो त पढ्न, लेख्नका लागि उर्जा चाहिन्छ, त्यो खाजा भनेको पेटमा खाना भए मात्र हो, जुन दिवा खाजा सुरु भएपछि विधार्थीहरुमा हौसलाका साथै उत्साह पनि थपिएको” प्र अ खनाल बताउँछन् ।

अभिभावक र विधालय सहयोगी कर्मचारीकाे सहयोगमा दैनिक १ सय ३७ जना विधार्थीको लागि खाजा पकाउने सामाग्री जुट्ने गर्छ । विधालयका सहयोगी कर्मचारी टेकबीर राई भन्छन्, दैनिकी खाजामा परिकार परिर्वतन गर्नु पर्ने हुन्छ ।

११ बर्ष देखि शिक्षण पेशामा कार्यरत स्थानीय शिक्षक आषिक शेर्मा भन्छन्, भौगोलिक विकटताको कारणले गर्दा १ देखि २ घण्टाको दुरीबाट विद्यार्थीहरु विधाल आउने गरेका छन्, नर्सरी कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकले नै दिवा खाजाको व्यवस्थापन गरेपछि बालबच्चाहरु पुर्याउने समेत गरेका छन् ।

२०४८ सालमा स्थापना भएको सरस्वती आधारभूत विधालयमा कुनै बेला ३ सय बढि विधार्थी हुने गर्दथ्यो, पछिल्लो बर्षहरु जन्मान्तरको कारण र कमीले गर्दा विधार्थी संख्या घट्दै गएको शिक्षक शेर्माको ठमाई छ । त्यसो त विद्यार्थी संख्या घटे पनि विधालयको भौतिक संरचना बढ्दो क्रममा रहेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here