फाक्तेप गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार

0
634

शिवसताक्षी ।

झापाको शिवसताक्षी–७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिता गोल्डकपमा मुख्यमन्त्री आउने भएका छन् ।

समापन समारोहमा मुख्यमन्त्री राजेन्द्र राई आउने र उनलाई बाजागाजासहित फाक्तेप खेल मैदानमा लग्ने आयोजकले तयारी गरेसँगै फाक्तेप गोल्डकप ऐतिहासिक हुने आयोजकले जनाएको छ ।

गोल्डकपको इतिहासमा अहिलेसम्म कुनै पनि प्रमुख अतिथिलाई बाजागाजासहित खेल मैदानमा लगिएको छैन् । आयोजक फाक्तेप फुटबल क्लबले समापन समारोहको प्रमुख अतिथिका लागि आमन्त्रण गरेको प्रदेश १ का मुख्य मन्त्रीलाई फाक्तेपका युवाहरुको टिमले तामझामका साथ डुडाँमारीदेखी स्कटिङसहित बाजागाजाका साथ खेल मैदान लग्ने तयारी गरेको छ ।

मुख्य मन्त्री आउने निश्चित भएसँगै फाक्तेपका युवाहरु थप उत्साहित भएका छन्। पहिलो पटक आयोजना गरेको गोल्डकपमा दर्शकको उल्लेख्य सहभागिताका साथ योगेश गुरुङ, कर्ण लिम्बुसहित विदेशी खेलाडीहरुको समेत सहभागिताले उत्साहित भएका युवाहरुमा समापन समारोहमा मुख्य मन्त्री आउने निश्चित भएपछि थप उत्साहित भएका हुन्।

प्रतियोगिताको उपाधिका लागि शनिबार अफ्रिकन खेलाडीहरु सहितको टोली तुर्केनी युथ क्लव काँकडभिट्टा र विष्णु सुनुवार सहितको टोली धरान सिटी एफसी आमनेसामने हुँदैछ‌न्।

काँकडभिट्टाले जलथल एफसी जलथललाई तथा धरानले पथरी एफसीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेका थिए। प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार हात पार्ने छ भने उपविजेताले नगद एकाउन्न हजार प्राप्त गर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here