राप्रपाको मतदान सुरु भएन, आत्तिन थाले लाइन बसेका प्रतिनिधि

0
528

काठमाडौं,

भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने भनिएको चुनाव अझै सुरु हुन सकेको छैन। शनिबार बिहान ८ बजेदेखि हुने भनिएको चुनाव साढे ११ बजेसम्म सुरु हुन सकेको छैन। भोटिङ मेसिनको केही प्राविधिक काम बाँकी रहेकाले गर्दा मतदान प्रक्रिया ढिला हुन पुगेको बताइएको छ।

तोकिएको समयमा मतदान सुरु हुन नसकेपछि बिहानैदेखि लाइन बसेका प्रतिनिधिहरू आक्रोशित बनेका छन्। बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिहरू जाडो र भोकले छटपटिन थालेका हुन्। अबको केही समयमै मतदान सुरु हुने जनाइएको छ। एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचनमा देशभरबाट चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्व छान्नेछ। १५ मंसिरदेखि जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिएका छन्।

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ। उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ। चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ।

उम्मेदवारी दर्ताबाट करिब ५० लाख सङ्कलन भएको जनाइएको छ। करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here