एमाले ईलाममा नेतृत्व हेरफेर, अध्यक्षमा बस्नेत

0
615

विमल दहाल,
ईलाम, नेकपा एमालेको १०औं महाधिवेशनबाट ईलाम जिल्ला अध्यक्ष राम राना बिजयी बनेपछि जिल्लाको नेतृत्व हेरफेर गरिएको छ।
शनिबार एमाले जिल्ला कमिटी सचिवालय बैठकले अध्यक्षमा महेश बस्नेतलाई चयन गरेको हो। यसभन्दा अघि बस्नेत जिल्ला कमिटी सचिव हुनुहुन्थ्यो । उपाध्यक्ष भक्त केसी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरि जिल्ला अध्यक्ष बनेपछी सचिव बस्नेतले जिल्लाको नेतृत्व लिनु परेको एमालेले ईलामले जनाएको छ । ईलाममा निकै लोकप्रिय बनेका ईलाम नगरपालिकाका मेयर समेत रहेका सालिन, जनप्रिय, विकास प्रेमी बस्नेतले जिम्मेवारी पाए संगै जिल्लाका कार्यकर्ताहरु सामाजिक संजालमा बधाई र शुभकामना वाढी रहेका छन्।

यता शनिबारको सचिवालय बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारीमा उमेश गुरुङ, प्रचार विभागको प्रमुखमा प्रकाश अधिकारी, बुद्धिजीवी परिषद्को प्रमुखमा नरेन्द्रनाथ भट्टराई, अर्थ विभागको प्रमुखमा डा। देवी क्षेत्री दुलाल, प्रेस चौतारी ईलाम ईन्चार्जमा धिरेन चेम्जोङलाई तोकेको छ । यसभन्दा पहिलो संगठन विभागको प्रमुखमा महेश बस्नेत र प्रचार विभागको प्रमुखमा उमेश गुरुङ रहनुभएको थियो ।

यस्तै, आजकै बैठकले अखिल नेपाल महिला संघको सह–इञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नं। २ को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराई, बुद्धिजीवी परिषद्को अध्यक्षमा नरेन्द्रनाथ भट्टराई तोकिएको जनाइएको छ । जिल्लाबाट प्रदेश र केन्द्रको जिम्मेवारी पाउपछि जिल्लाका विभागको जिम्मेवारी फेरबदल गर्नुपरेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here