वक्तृत्वकला प्रतियोगिताको पहिलो चरणको छनौट सम्पन्न

0
599

बिर्तामोड ।

झापा जिल्ला स्तरीय महिला वक्तृत्वकला प्रतियोगिताको पहिलो चरणको छनौट सम्पन्न भएको छ।

वीरता लेडी जेसीजको आयोजनामा संचालित प्रतियोगितामा झापा भरिका माध्यमिक र स्नातक तह मा अध्ययनरत १,सय ३४ जना छात्राहरुले भाग लिएका थिए। जसबाट अन्तिम प्रतिस्पर्धामा १५ जना छनौट भएका छन्।

छनोट हुने हरुमा सूर्योदय स्कूल दमक की सेलिया श्रेष्ठ,न्यूटनन्स स्कूल विर्तामोडबाट बिविसा बुढाथोकी र सिम्रिका बोहोरा मेची क्यामपस भद्रपुरकी श्रेया ढकाल,निदी स्कूल विर्तामोड की स्मृति सुनुवार ,झापा मेरिगोल्ड स्कूल सुरुङ्गा की प्रिन्सा तिम्सिना, हिमाली नमुना स्कूल भद्रपुर बाट निर्जला कट्टेल , कचनकवल विधा मन्दिर की खन्जन राजवंशी,लक्ष्मी मा बी अर्जुनधारा बाट अनु अधिकारी र सन्ध्या पोखरेल, कञ्चनजंघा स्कूल विर्तामोड की आयुषा श्रेष्ठ,वीर अमरसिंह मा वि की समीक्षा सिटौला,देवी मा बी की कृति खतिवडा, वाल्मीकि स्कूल बाट रोशनी बास्कोटा र मेचीनगर को इस्ट होराइजन स्कूल की साक्षी ओझा फाइनलमा छनौट भएका हुन्।

झापाका बिर्तामोड, भद्रपुर, अर्जुनधारा,कन्काई, कचनकवल,मेचीनगर,बुद्धशान्ति,दमक, गौरादह,गौरिगन्ज,शिवसताक्षी लगायत स्थानिय तहका करिब ५० वटा स्कूलरकलेजको सहभागिता रहेको थियो।

झापाको चारपानेस्थित साहारा नेपाल(साकोस)को मुख्य प्रायोजन रहेको कार्यक्रमको विजेता प्रथम ले नगद २१ हजार ,दोस्रोले ११ हजार र तेस्रो हुनेले ५ हजार १ सय मेडल र ट्रफि प्राप्त गर्नेछन्। प्रतियोगिता को फाइनल यहीं मंसिर २३ गते झापाको बिर्तामोड मा हुने अध्यक्ष स्वस्तिका आचार्यले बताइन् ।

प्रविधिको सदुपयोग गर्दै भर्चुअल माध्यम (जुम) मार्फत गरिएको प्रथम छनौट चरणमा निर्णायकको भूमिकामा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्षद्धय रिता न्यौपाने ,भेषजा काफ्ले र ,सूर्योदय टेलिभिजनका कार्यक्रम निर्देशक देवी गौतम रहनुभएको थियो।

कार्यक्रममा स्वागत कार्यक्रम संयोजक संगीता गिरीले गर्नु भएको थियो भने सञ्चालन महासचिव हिमा पौडेल र संयोजक सेलिसा उप्रेतीले संयुक्त रुपमा गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here