ओलीको गृह जिल्लामा नेपालको पहिलो सम्बोधन, दमकमा खेलाडीहरुको प्रदेशस्तरीय भेला

0
619

दमक ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सो पार्टीको अध्यक्ष बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा आज (सोमबार) पहिलो पटक सम्बोधन गरेका छन ।

सो पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीले ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक नगरमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई अध्यक्ष नेपालले सम्बोधन गर्दै झापामा पार्टी कार्यकर्ता तथा समर्थक , शुभेच्छुकहरुको उपस्थिती देखेर आफू उत्साहित भएको बताए । नेपालले अगाडी भने – झापा भनेको एमालेको मात्रै हो भन्ने तर्क आजैदेखि गलत प्रमाणित भएको छ ।

प्रदेश एकका विभिन्न जिल्लाबाट सहभागी भएका खेलाडी तथा पार्टी कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको सो भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी कार्यकर्ताहरुलाई जनतासंग जोडिएर कृयाकलापहरु अघि बढाउन निर्देशन दिए । उनले पार्टी सञ्चालनका लागि जनतासंग स्वैच्छिक रुपमा सहयोग वा चन्दा लिएर जनताकै सेवामा खर्च गर्न पनि आव्हान गरे ।

महासंघ समाजवादीका प्रदेश अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पार्टीका प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, केन्द्रिय सचिव एवं १ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र राई, महासंघका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव बहादुर विष्ट लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

पार्टीका दमक नगर कमिटी अध्यक्ष महेश घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश इञ्चार्ज हंसराज वाग्लेले स्वागत मन्तव्य राखेका थिए ।

सो अवसरमा विभिन्न बिधाका खेलाडीहरुले खेलको नमुना प्रस्तुत गरेका थिए । सो अवसरमा खेलकुदको व्यवसायिक बिकास, राष्ट्रिय खेलकुद नीति, खेल क्षेत्रका सम्भावना र चुनौतीहरुका बिषयमा पनि प्रशिक्षण सञ्चालन भएको एकीकृत समाजवादीका जिल्ला प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here