झापामा खुल्यो नेपालकै पहिलो अलैंची प्रशोधन उद्योग

0
427

झापा, झापामा नेपालकै पहिलो अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा एभरेष्ट लार्ज कार्डमम् प्रालिले यो उद्योग सञ्चालनमा ल्याएको हो ।
सात करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको उद्योगको उद्घाटन उद्योग बाणिज्य संघ प्रदेश १ अध्यक्ष टीकाराज ढकाल र नायिका स्वस्तिमा खड्काले संयुक्त रुपमा गरेका थिए । खड्का सोही उद्योगकी ब्राण्ड एम्बेस्डरका रुपमा रहेकी छिन् । पहाडी जिल्लामा उत्पादन हुने नगदेबाली ‘कालो सुन’ भनेर चिनिने अलैंचीलाई प्रशोधन गरेर तयार पारिने मिजाज माउन्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैंची दाना र मिजाज अलैंची नामका चार वटा उत्पादनहरु शुरु भएको प्रालिका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
माउन्टेन पल्र्स मिजाज माउन्टेन पल्र्स स्वादिष्ट चाँदी–लेपित उच्च कोटीका अलैंची बीजलाई केसरको साथ मिसाएर तयार पारिएको छ । यो बिशेष गरी माउथ फ्रेसनरको रुपमा प्रयोग हुन्छ भने यसले पाचनमा मद्दत गर्नुका साथै रक्त सञ्चारमा पनि ल्याउने अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार मिजाज माउन्टेन पल्र्स ४०० र २०० ग्राममा उपलब्ध छन् ।
मिजाज अलैंची पाउडर एउटा मसला भएको र शाकाहारी र मांसाहारी परिकार साथै चिया, सर्बत र कोकटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने बताइएको छ । यो पाउडर २० र ५० ग्राममा उपलब्ध छ । मिजाज अलैंची दाना उच्च स्तरीय अलैंची दानालाई प्रशोधन गरी सर्वोत्तम गुणस्तरमा तयार पारिएको अध्यक्ष भट्टराईले बताए ।
यस दानालाई शाकाहारी र मांशाहारी परिकार, मिठाई तथा चिया, सर्बत र कोकटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिन्छ– उनले भने । यो दाना ५०० ग्राम र एक केजीको उपलब्ध छ । त्यस्तै मिजाज अलैंची शाकाहारी र मांसाहारी परिकारमा मसलाको रुपमा र विर्यानी, पुलाउ, मासु तथा तरकारी जस्ता परिकारमा प्रयोग गरिने बताइएको छ ।
मिजाज अलैंची, १००, २००, ५०० ग्राम र एक केजीको प्याकेटमा उपलब्ध छ । नेपाली कच्चा अलैंचीलाई प्रशोधनसहित तेस्रो मुलुकसम्म निर्यात गर्ने उद्देश्य राखेर शुरु गरेको उद्योगले बिदेशी मुद्रा आर्जन गर्ने र नेपाली अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्नेमा आफूहरु आशावादी रहेको उद्योगका प्रबन्ध निर्देशक सञ्जीव घिमिरेले बताए । ७ करोड रुपैयाँको लगानीमा शुरु भएको उद्योगमा चार जनाको लगानी छ ।
लगानीकर्ताहरुमा भट्टराई, घिमिरे, भरत चौधरी र रामकृष्ण विष्ट रहेका छन् । लगानीकर्ताहरुको भनाइ अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश र अरब राज्यहरुमा एभरेष्ट लार्ज कार्डमम् प्रालिको उत्पादनहरुको माग बढिरहेको छ । कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, उमेश डालमिया, उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ सदस्य बिनोद बस्नेत, कुमार भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।
कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here