बिद्यार्थीलाई साइकल

0
234

कमल ।

चुलाचुली गाउँपालिका–२ वडा कार्यालयले सोमवार सामुदायिक विद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई साइकल वितरण गरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत् दलित छात्रछात्रालाई समयमै विद्यालय आएर पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले वडाको बजेटबाट साइकल वितरण गरेको वडाध्यक्ष रनबहादुर लिम्बूले बताए ।

वडा नम्वर २मा रहेका सामुदायिक विद्यालय जनता माध्यमिक विद्यालय बारगोठेमा अध्ययनरत् आठ जना र पञ्चकन्या प्राथमिक विद्यालय हात्तिलेदामा अध्ययनरत् आठ जना गरी जम्मा १६ जना दलित छात्रछात्रालाई साइकल निःशुल्क वितरण गरिएको हो । त्यसैगरी वडाले वडामा रहेका कृषकलाई मकैको वीऊ समेत वितरण गरेको छ ।

चुलाचुली गाउँपालिकाको वडा नम्वर २ मा मकैको राम्रो उत्पादन हुने भएकोले ६ सय जना कृषकलाई ७५ प्रतिशत अनुदानमा जेएक्स ३६९ जातको मकैको वीऊप्रति कृषक १ केजीका दरले वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here