लागूऔषध सहित एक जना पक्राउ

0
488

सुनसरी।

सुनसरीको धरान उप–महानगरपालिका–२ भानुचोकबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१३ का २७ वर्षीय मिलन तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा तामाङको साथबाट डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको हो ।

तामाङलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here