एनएमसीद्वारा राहत प्रदान

0
458

झापा ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले केरखाका एक परिवारलाई मृत्यु राहत प्रदान गरेको छ ।

आफ्ना शेयर सदस्य परिवारको निधन भएपछि केरखाका एक परिवारलाई नगद २५ हजार रुपैंया राहत सहयोग प्रदान गरेको छ ।

एनएमसी सहकारीकोे कमल ३ मा रहेको केरखा शाखा अन्र्तगत शेयर सदस्य जय लक्ष्मी तिम्सिनाको श्रीमान र शेयर सदस्य सीताराम तिम्सिनाको पिता कृष्णभक्त तिम्सिनाको निधन भएको दशौँ दिनको पुण्यतिथिमा तिम्सिनाको कमल–३, केरखा स्थित निवासमा पुगेर सहकारीले रु २५ हजार रुपैयाँ प्रदान गरेको हो ।

सहकारीको केरखा कार्यालयगत उपसमिति सदस्य शान्ता उप्रेती, केरखा कार्यालय प्रमुख बिनिता बस्नेत, कर्मचारी ममता बस्नेत, अनुप घिमिरे लगायतको टोलिले स्व तिम्सिनाको परिवारलाई समवेदना पत्र सहित राहत रकम हस्तान्तरण गरेको थियो । संस्थामा रहेका सम्पूर्ण शेयर सदस्यको दुःख सुखमा साथ दिने अभियानका साथ संस्था राहत सहित समवेदना लिएर गएको थियो ।

संस्थामा ६ हजार रुपैयाँ भन्दा बढी शेयर मौज्दात भएमा सदस्यको मृत्यु भएमा २५ हजार रुपैयाँ उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here