निर्माण ब्यवसायीको अधिवेशनमा बन्दसत्र नगरेको भन्दै व्यवसायीको आक्रोश

0
804

बिर्तामोड ।

निर्माण ब्यवसायी संघ झापाको अधिवेशनमा बन्द सत्र नगरेको भन्दै ब्यवसायी रुष्ट बनेका छन् । बन्द सत्र नै नगरी निर्वाचन कार्यतालिका सार्वजानिक गरेको भन्दै ब्यवसायीहरुले वर्तमान नेतृत्व विरुद्ध आन्दोलनमा उत्र्ने चेतावनी दिएका छन् ।

अधिवेशनमा बन्द सत्र भित्र छलफल र सहमतिको प्रयास गर्नुको सट्टा वर्तमान नेतृत्व सिधै निर्वाचनमा जानुले आशंका उब्जिएको बताएका छन् । अधिकांश ब्यवसायीले आर्थिक अनियमितता भएको आशंका गरेपछि पूर्वाञ्चलकर्मीले महासचिव ओम पौडेलसंग सम्र्पक गर्दा उनले मंगलबार उद्घाटन सत्रको कार्यक्रम मात्र भएकाले बन्द सत्र भोली बुधबारबाट शुरु गर्ने जानकारी दिए ।

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । मंगलबार उद्घाटन सत्र मात्र सम्पन्न भएको र बुधबार बिहान बन्द सत्र हुने महासचिव पौडेलले बताए । बन्द सत्र नै नगरी उम्मेद्वारी मनोनयन भएको तथा संघले आर्थिक प्रतिवेदन समेत प्रस्तुत नगरेकाले शंका उब्जिएको निर्माण ब्यवसायीहरुले गुनासो गरेका छन् ।

अधिकांश निर्माण ब्यवसायीले बन्द सत्र नै नगरी अधिवेशन अगाडी बढाउन खोजेको भन्दै गुनासो गरेपछि महासचिव पौडेलसंग बुझदा उनले बुधबार बिहानबाट नियमित प्रक्रिया अनुसार नै बन्द सत्र शुरु हुने र अधिवेशन अघि बढ्ने जानकारी दिए ।

मंगलवारबाट शुरु भएको निर्माण व्यवसायी संघ झापाको १४औं साधारणसभा तथा अधिवेशन अध्यक्ष मिलन बस्नेतको अध्यक्षता तथा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष शरद खनालले स्वागत गरेका थिए । निर्माण व्यवसायी संघ झापामा हाल दुई सय ७६ निर्माण व्यवसायी आबद्ध रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here