आज अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस

0
607

काठमाडौं,

आज अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस मनाइँदैछ। यो दिवस प्रत्येक वर्ष डिसेम्वर ९ तारिखमा विश्वभर मनाइन्छ। भ्रष्टाचारविरुद्ध उभिऊँ भन्ने मूल सन्देशको साथ दिवस मनाइँदैछ। भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रकट गर्दै संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा भ्रष्टाचारविरुद्ध राष्ट्रसंघीय महासन्धि पारित गरेको थियो।

भ्रष्टाचारले समतामूलक दिगो विकास, सम्बृद्धि र शान्ति एवं समग्र मानवअधिकारको प्रत्याभूतिमा गम्भीर अवरोध सिर्जना गर्ने तथ्य बोध गर्दै उक्त महासन्धिको कार्यान्वयन गर्ने सहमति भएको थियो।

सन् २००५ देखि लागू भएको उक्त महासन्धिको पक्षराष्ट्र नेपालले सन् २००३ मा हस्ताक्षर गरी सन् २०११ मा संसदबाट अनुमोदन गरेर सुशासनप्रतिको आफ्नो प्रतिवद्धता प्रकट गरेको छ। तर मुलुकका प्रमुख पदहरुमा नीजि स्वार्थका लागि भ्रष्टाचार बढ्दै गएको छ।

पछिल्ला वर्ष कोरोनाको कारण लकडाउन हुँदा समेत भ्रष्टाचार रोकिन सकेन। स्वाथ्य सामाग्री खरिददेखि कोरोना नियन्त्रणको नाममा स्थानीय तहसम्ममा भ्रष्टाचार सरोकारवाला संस्थाका प्रतिवेदनले देखाएका छन्।

दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धनका लागि क्रियाशील सबै निकायहरु, बुद्धिजीवी, नागरिक समाजलाई आग्रह गरेका छन्। आज एक शुभकामना सन्देश जारी गर्दै उनले भ्रष्टाचारले विश्वको अर्थव्यवस्था, सामाजिक प्रणाली, सांस्कृतिक सम्वन्ध एवम राजनीतिक व्यवस्था लगायत क्षेत्रमा नकरात्मक असर पर्ने भएकाले यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here