सहारा झापा जिल्ला स्तरिय महिला वक्तित्वकला प्रतियोगितामा सिम्रिका प्रथम

0
300

बिर्तामोड ।

वीरता लेडी जेसीजको आयोजनामा बिर्तामोडमा सम्पन्न सहारा झापा जिल्ला स्तरिय महिला वक्तित्वकला प्रतियोगितामा न्यूटन एकाडेमी बिर्तामोडकी छात्रा सिम्रिका बोहोरा प्रथम भएकी छन् ।

उनले ७५ ५ अंक ल्याएर प्रथम भएकी हुन् । त्यसैगरी सूर्योदय स्कुल दमककी छात्रा सेलिसा श्रेष्ठ ७१।५ प्रतिशत अंक ल्याएर दोस्रो बनिन् र हिमाली नमूना माध्यमिक विद्यालय भद्रपुरबाट प्रतिनिधित्व गरेर आएकी निर्जला कट्टेलले ६९ प्रतिशत अंक ल्याएर तेस्रो स्थान हाशिल गरेकी छन् । प्रतियोगितमा प्रथम हुनेले २१ हजार, दोस्रोले ११ हजार, तेस्रो हुनेले ५ हजार १ सय नगद, प्रमाण पत्र र मेडल प्राप्त गरे ।

झापा जिल्ला स्तरिय वक्तित्वकला प्रतियोगितामा विभिन्न विद्यालयहरुबाट १४ जना छात्राले सहभागी नजाएका थिए । एक हप्ता अगाडी अनलाइन अडिसनमा भाग लिएका १ सय ३४ जना विद्यार्थीहरु मध्ये १४ जना विद्यार्थी प्रतिस्पर्दाको लागि छनौट भएका वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिईन् । प्रतियोगितामा पुष्पाञ्जली सिंहा, रीता न्यौपाने र सावित्रा दाहालले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा प्रमुख अतिथि, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरीले नव पुस्तामा आएको ब्यक्तित्व क्षमता देख्दा अब देशमा परिवर्तन आउने सम्भावना देखेको र आगामी दिनमा पनि यस्तो कार्यक्रममा सहारा नेपालले सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल, जिल्ला ट्राफिक प्रहरी प्रमुख निशेष चापागाईं लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here