राजवंशी र देवानलाई डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार

0
737

झापा,  प्रतिदिन दैनिकका सम्पादक इन्द्र सिंह राजवंशीलाई डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कोभिडका कारण गत वर्ष वितरण गर्न नसकिएको पुरस्कार यो वर्ष वितरण गरिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज झापाले राजवंशीलाई २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।
त्यस्तै पत्रकार कमल देवानलाई यस वर्षको डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।


त्यस्तै सुभला तामाङ सूर्याेदय हेलिभिजन, मिना नेम्वाङ हिमशिखर टेलिभिनजन, लीला साम्पाङ राई यलम्वर टाइम्स र डिल्ली लिम्बू माङ्सेवुङ्ग डटकम आवद्ध पत्रकारलाई उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
झापाको अर्जुनधारामा आज आयोजित समारोहका बीच दुवै पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि फोनिजका केन्द्रीय उपाध्यक्ष गजुरधन राई र अर्जुनधारा नगरका प्रमुख हरिकुमार रानाले प्रतिदिन दैनिकका सम्पादक राजवंशी र फोनिजका केन्द्रीय सचिव देवानलाई नगद र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रम फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा प्रेस क्लव अर्जुनधाराका अध्यक्ष कुमार भट्टराई, राप्रपा अर्जुनधारा नगर कमिटीका अध्यक्ष सूर्यकुमार खतिवडा लगायतले बोलेका थिए । कार्यक्रममा फोनिजका पूर्व अध्यक्ष रमेश समदर्शीले डिकमान विरहीको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here