विमल दहाल, इलाम ।

माईजोगमाई गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतियोगितामको उपाधिको भारतको मानेभञ्ज्याङ फुटबल क्लबले हात पारेको छ ।
शनिवार सम्पन्न फाइनलको खेलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि कब्जा गरेको हो । विजयी मानेभञ्ज्याङले नगद २ लाख रुपैया प्राप्त गरेको छ । उपविजेता सुखानीले नगद १ लाख रुपैया प्राप्त गरेको छ ।
खेलको पहिलो हाफमा २ गोल गरेको मानेभज्याङले दोस्रो हाफमा समेत २ गोल गरेको थियो । माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग र माईजोगमाई खेलकुद परिषदको आयोजनामा मंसिर २१ गते बाट संचालित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
खेलको बेष्ट गोलकिपर आयोजक माईजोगमाई रातोका सुजन फागो, बेष्ट डिफेन्स सुखानीका सेरेहाङ लिम्बू , बेष्ट फरवार्ड मानेभज्याङका सन्दिप लिम्बू र बेष्टमिड फिल्डर बिबेक राई घोषित भएका छन । उर्निहरुले नगद पुरस्कार सगै ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन। प्रतियोगिताको बिजेता र उपबिजेतालाई प्रमुख अतिथि र बिशेष अतिथिले पुरस्कार बितरण गरेका थिए ।
खेलकुद परिषदका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता, प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यता र गाँउपालिका अध्यक्ष जीत बहादुर राईको बिशेष आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।


























