बालाश्रमको सहयोगमा सांगीतिक कार्यक्रम

0
800

दमक,

दमकको गोर्खा डिपार्टमेण्टअघि आमा सन्तति नेपाल, बालाश्रमको सहयोगमा बृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्टको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको दीप प्रज्ज्वल पूज्य माता देवमाया राईंले गर्नुभएको हो ।

दमक नपा वडा नं. ७ वडाध्यक्ष भीमबहादुर पौडेल विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा माङखेसेबुङ विजेता चोत्लुङ केदेमले कार्यक्रममा प्रस्तुति दिएका थिए ।

यसैको दोस्रो हुन सफल दिलमाया लिम्बू, मोडल तथा नृत्य निर्देशक अनिश लिम्बू, हाँस्य कलाकार आशिष दाहाल फट्याङ्ग्रेलगायत थुप्रै कलाकर्मीहरूले हाँस्य प्रस्तुतिहरू पस्किएका थिए । कार्यक्रमका मुख्य आकर्षक नेपाली ताराका विजेता एवम् राष्ट्रिय गायक दीपक लिम्बूले आफ्ना आधा दर्जन गीतमार्फत दर्शक एवम् स्रोताहरूको मन जितेका थिए ।

कार्यक्रमको आयोजक आमा सन्तति नेपाल बालाश्रम गौरादह – १ झापा र प्रायोजक वल्र्ड लिंक कम्युनिकेशन प्रालि दमक झापाले गरेको थियो । बालाश्रम सञ्चालिका मीरादेवी राईंले गरेकी थिइन् ।

स्थानीय गायक नन्दु गुरुङको सुमधुर गीतले पनि कार्यक्रमको ओज बढाएको थियो । पथरीशनिश्चरेको स्थानीय पत्रिका क्रेजी डटकम र कुरकुरे डटकम मिडिया पार्टनर रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here