मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

0
542

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका ३ घर भई बिराटनगर महानगरपालिका-११ मा डेरा गरी बस्ने २८ वर्षीय उमेश दाहाल रहेका छन् ।

मंसीर २६ गते राती साढे ८ बजे बिराटनगरस्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को २५ प ५०२४ नम्बरको बुलेट मोटरसाइकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादै गरेको अबस्थामा मोटरसाइकल सहित दाहाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका दहाललाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here