छोङ्गोपो र मिङ्ग्मर फिचर्ड ‘दार ठेकीको’ सार्वजनिक ( भिडियो )

0
998

काठमाडौं, 

पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ। यस गीतमा उनलाई स्वरमा साथ गायक प्रदिप लामा दिएका छन्। नादिङ भाकाको यस गीतमा जीवन बोम्जनको शब्द रहेको छ भने अमृत लामाको संगीत रहेको छ। जोगलाल लामाले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायांकन भएको हो। भिडियोलाई प्रकाश वाइबा तामाङले खिचेका हुन्।

राज किङ वाइबाले कोरियोग्राफी गरेको यस भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्ग्मर डोमा शेर्पा फिचर्ड छन्।रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here