विद्यालयमा रक्तअल्पता तथा रक्त समूह पहिचान कार्यक्रम

0
339

विनोद सापकोटा,
दूधे।

शिवसताक्षीमा जिल्लामै पहिलो पटक विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा किशोर–किशोरीमा हुने रक्तअल्पता तथा रक्त समूह पहिचान कार्यक्रम शुरु भएको छ । यो कार्यक्रम जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी नगरपालिकाले पहिलो पटक शुरु गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

साविकका चार गाविसका एक–एक वटा माध्यमिक तहका विद्यार्थीहरुलाई पहिलो पटक कार्यक्रममा सहभागी गराइएको थियो । शिवगञ्जको लालपानी माध्यमिक विद्यालय, सतासीधामको बाल निकुञ्ज, पाँचगाछीको त्रिभुवन र धरमपुरको मोती माध्यमिक विद्यालयबाट पाइलट प्रोगामका रुपमा कार्यक्रम शुरु गरिएको शिवसताक्षी नगरका स्वास्थ्य संयोजक तथा जन स्वास्थ्य निरीक्षक संजय ठकुरीले बताए । त्रिभुवन मावि र मोती माविमा कार्यक्रम हुन बाँकी छ ।

लालपानी माध्यमिक विद्यालय र बालनिकुञ्ज माविमा कार्यक्रम सकिएको छ । दुवै विद्यालयका कक्षा १०, ११ र १२ का छात्रछात्रालाई कार्यक्रममा सहभागी गराइएको शिवसताक्षी नगरको स्वास्थ्य शाखाले जनाएको छ । बिद्यालय स्तरमा किशोर–किशोरीमा हुने रक्तअल्पता समस्या सम्बन्धी समस्याको जाँच गर्र्ने, उनीहरुको रगत समूह पहिचान गर्ने र पोषण सम्बन्धी विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्र्दै आमसमुदायमा भएका बालबालिकाको पोषण सम्बन्धी समस्याको निराकरण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ । नेपालमा ३४ प्रतिशत किशोर–किशोरीमा रक्तअल्पताको समस्या रहेको छ । जन स्वास्थ्य निरीक्षक ठकुरीका अनुसार लालपानी र बालनिकुञ्ज माध्यमिक विद्यालयको विद्यार्थीको पनि रक्तअल्पताको समस्या डरलाग्दो रहेको छ ।

रगतमा हेमोग्लोबिनको मात्रा घट्नु या सामान्यभन्दा कम हुनुलाई रक्तअल्पता भन्ने गरिन्छ । ‘हेमोग्लोबिन रगतमा हुने विभिन्न तत्व मध्ये रातो रक्तकोष एउटा यस्तो तत्व हो । जसले अक्सिजनयुक्त रगतलाई शरीरका विभिन्न भागमा पु¥याउने गर्छ’ –जन स्वास्थ्य निरीक्षक ठकुरी भन्छन्– ‘रगतमा हेमोग्लोबिनको मात्रा कम भयो भने अक्सिजनयुक्त रगत शरीरको विभिन्न भागमा पु¥याउने क्षमतामा ह्रास आउँछ ।फलस्वरुप शरीरलाई जति अक्सिजन चाहिने हो त्यति मात्रामा नहुँदा श्वासप्रश्वास सम्बन्धी लगायतका समस्या देखिन्छ ।’

उनका अनुसार श्वासप्रश्वास छिटो–छिटो हुनु, थकान महशुस हुनु, मुटुको धड्कन बढ्नु, रिंगटा लाग्ने, छटपटी हुने, छालाको रंग हलुका पहेलो देखिनु रक्तअल्पताको मुख्य लक्षण हो । रगतमा फलामको तत्वको कमी हुनु, राता रक्तकोष बनाउने भिटामिनको कमी भएमा, रगतमा बनेका राता रक्तकोषको समय नपुग्दै नष्ट भएमा, शरीरबाट रगतको क्षय हुने पुराना समस्या भएमा, राता रक्तकोष बनाउनका लागि आवश्यक पर्ने इरिथ्रोपोइटिन हामोर्नको कमीका कारण रक्तअल्पताको मुख्य कारण भएको उनले बताए ।

उनले समय–समयमा स्वास्थय जाँच गराउने, रक्तअल्पता भए नभएको पत्ता लगाउने, यदि भएको भए थाह हुनसाथ के कारणले भएको हुनसक्छ त्यस विषयमा निधो गर्नेर तत्काल उपचार गर्ने गरे रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ । खानपान, दैनिक रहन–सहन, बानी–व्यहोरा सुधारेमा यो समस्याबाट बच्न सकिने उनले बताएका छन् ।

बाल निकुञ्ज माध्मिक विद्यालयमा भएको कार्यक्रम शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले दैनिक खानपान, रहन–सहन र आचरण सुधारका लागि दैनिक व्यायाम गरे कुपोषण र रक्तअल्पताको समस्याबाट छुटकारा पाइने बताए । शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा सदस्य हर्क सिंगुको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य निरीक्षक ठकुरीले गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरका स्वास्थ्यकर्मीको प्राविधिक सहयोग थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here