भृकुटीको वार्षिकोत्सवमा शालिक अनावरण तथा पुरस्कार वितरण

0
723

दुर्गापुर, कनकाई ७, दुर्गापुरस्थित भृकुटी माध्यमिका विद्यालयको ५५ औं वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा निर्मित जग्गादाता स्वर्गीय लक्षुमण खड्काको शालिक अनावरण गरिएको छ ।
स्व. खड्काका नाती तथा नातिनीवुहारीहरु स्व. हेमवहादुर, धनराज, प्रेमवहादुर, दिलीप, भक्तवहादुर, गोविन्द, टिकाराम, हरि, शम्भु, चन्द्र, सुजित र राधा खड्काले विद्यालयलाई स्थपनाकालदेखि हालसम्म विद्यालय परिसरमा १४ कट्ठा जग्गा उपलव्ध गराएका छन् । जग्गादाताहरु तत्कालीन समाजसेवी फत्तेवहादुर मानवहादुर, टेकवहादुर, भक्तवहादुर र नेत्रजंग खड्काका छोरावुहारीहरु हुन् । यसैवीच जग्गादाताका तर्फवाट धनराज खड्काको संयोजकत्वमा विद्यायमा लक्षुमण÷नर्वदा स्मृति अक्षयकोष समेत स्थापना गरिएको छ । सो कोषले विद्यालयमा आयोजित वार्षिकोत्सव समारोहकै अवसरमा २५ हजार रुपैया वरावरको पुरस्कार वितरण गरेको छ । सो पुरस्कार एसइइ परीक्षाका उत्कृष्ट दुई जनालाई जनही १० हजार र एकजना गरिव तथा जेहेन्दार विद्यार्थीलाई पाँचहजार वरावरको शैक्षिक सामग्री प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा वेदनिधि तथा स्व. कलादेवी सिटौलाद्धारा स्थापित वेदकला अक्षयकोषद्धारा ३३ हजार दुईसय रुपैया वरावरको छात्रवृत्ति वितरण गरिएको छ । सो पुरस्कारवाट एकजना गरिव तथा जेहेन्दार विद्यार्थीलाई रु १२ सय,कक्षा ८का प्रथम छात्रा र छात्रलाई जनही एकहजार, कक्षा १०वाट प्रथम हुने एक छात्र र एक छात्रालाई जनही एक हार पाँचसय, कक्षा ११ का एक छात्र र छात्रालाई दुईहजार वरावरको पुरस्कार वितरण गरिएको थियो । यस्तै सोही कोषद्धारा विद्यालयका उत्कृष्ट शिक्षक द्धय ज्वालाकुमारी श्रेष्ठ र नन्दकिशोर झा तथा विद्यालय कर्मचारी शान्तिराम अधिकारीलाई नगद, दोसल्ला तथा प्रमाण पत्र प्रदान गरि सम्मान गरियो । कार्यक्रममा खड्गवहादुर÷चन्द्रमायाँ दाहाल स्मृति अक्षयकोषद्धारा रु १५ हजार वरावरको पुरस्कार वितरण गरिएको छ । यस्तै रामभक्त÷संजीव स्मृति अक्षयकोषद्धारा रु २५ हजार वरावरको छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै सोही समारोहमा विद्यालयमा स्थापित टीका– कृष्ण –धन– लक्षिमा स्मृति अक्षयकोषद्धारा समेत रु २५ हजार वरावरको पुरस्कार वितरण गरियो । यस्तै सोही समारोहमा सेवा निवृत्त प्रधानाध्यापक अन्जना सिटौला, कमलचन्द्र डाँगी र शिक्षक गंगावहादु खवासलाई सम्मान गरिएको थियो । कार्यक्रममा अन्जना सिटौला, धनराज खड्का,प्रअ कर्ण डाँगी, निर्मल खनाल,, विष्णु कोइराला, मेदनी पाठक, शारदा पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयको ५५औं वार्षिकोत्सव समारोहको कार्यक्रममा कनकाई नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्वर गौतम विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यामक चण्डिकाप्रसाद उपाध्यायले विद्यालयको वार्षिक प्रतिवेदन तथा शिक्षक सप्र कुमारप्रसाद खरेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षक सप्र नन्दकिशोर झाले स्वागत गरेको कार्यक्रम शिक्षक डिल्लिराम परदेशीले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here