लघु उद्यम तालिम

0
338

पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे वडा नम्बर ४ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आजबाट व्यवसाय सचेतना तथा व्यवसाय सुरु र लैंगिक तथा सामाजिक समावेशी सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको छ ।
नगरपालिकाद्वारा आयोजित तालिममा वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सहभागीलाई सफल उद्यमी वन्न शुभकामना दिनुभयो ।वडा सदस्य अमर बराइली, नगरको घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले पनि मन्तव्य व्यक्त गर्नुभयो ।
मोरङ्गका वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभएको उक्त तालिममा ३० जनाको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि यो वर्ष वडा नम्बर ४, ८ र ९ मा कार्यक्रम सञ्चालन भएको छ । अघिल्लो वर्ष वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here