रुपान्तरित काङ्ग्रेसमा विश्वप्रकाशको जोड

0
540

झापा,  नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित काङ्ग्रेसमा जोड दिएका छन् ।
महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका शर्माले बिपीले स्थापित गरेको संस्कार अनुसार पार्टीको आन्तरिक चुनाव भएको बताएका छन् । चुनावपछि सबै तिक्तता हटाएर अगाडि बढ्न सक्नुपर्ने बताए ।
उनले काङ्ग्रेसमा चार कुरा आवश्यक भएको बताए । महामन्त्री शर्माले भने, ‘भ्रातृ संस्थाको सही व्यवस्थापन, प्रवृत्तिमा रुपान्तरण, प्रविधिको प्रयोग र पुस्तान्तरणको प्रक्रियालाई टुङ्गोमा नपु¥याई केही हुन्न ।’
विचार प्रचार अभियानले आयोजना गरेको कार्यक्रममा शर्माले आफू बधाई दिन नभई झापा र झापालीलाई आभार व्यक्त गर्न आएको बताए ।
शर्माले झापामा नेता कृष्ण सिटौलाको नेतृत्वमा पाँचवटै क्षेत्रमा चुनाव जित्ने गरी अघि बढ्ने बताए । उनले जिल्ला पार्टी नेतृत्वलाई अघि लगाएर हिँड्न र सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here