चोरीमा संलग्न दुई जना पक्राउ

0
464

सुनसरी।

सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ–५ का १८ वर्षीय प्रवेज आलम र २१ वर्षीय सुरज भुजेल रहेका छन् । पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको सीपीयु तीन थान, तीन थान एलसीडी, प्रोजेटर मिसिन थान एक र पानी तान्ने मोटर थान दुई चोरी भएको थियो ।

चोरी भएको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उनीहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद गरिएको हो ।

दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाबी काटेर उक्त समानहरु चोरी गरेका थिए । बरामद भएको समानसहित चोरीमा संलग्न ददुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here