वीरता लेडी जेसीजद्वारा’शक्ति’ नामक स्मारिकाको विमोचन

0
603

बिर्तामोड ।

वीरता लेडी जेसीज बिर्तामोडले सन् २०२१ का गतिविधिलाई समेटेर “शक्ति” नामक स्मारिकाको विमोचन गरेको छ ।

कोरोना कहरका बीच पनि सन् २०२१ मा विभिन्न सामाजिक गतिविधिलाई तिब्रता दिएको वीरता लेडी जेसीज नेपाल जेसीजबाट ५ वटा एवार्डबाट पुरस्कृत समेत भएको थियो ।

सन् २०२१ को जिम्मेवारी सम्हाले लगत्तै अध्यक्ष स्वस्तिका आर्चायले सन् २०२१ लाई ऐतिहासिक वर्ष बनाउने उद्घोष गरेकी थिइन् ।

उनले कोरोना कहरको समयमा मास्क वितरणदेखि शारीरिक रुपमा अशक्त तथा दृष्टि बिहिनहरुलाई खाद्यन्न लगायका विभिन्न सहयोग गर्नुका साथै लेडी जेसीजमा आवद्ध महिलाहरुको क्षमता विकासका लाागि विभिन्न तालिमको आयोजना गरेकी थिइन् ।

साथै लेडी जेसीजलाई प्रविधि मैत्री बनाउने उद्धेश्यले उनले जेसीजका गतिविधि समेटिने गरि आफ्नै वेभसाइटको पनि शुभारम्भ गरिन् जुन नेपाल भरिका १९ वटा लेडी च्याप्टरहरु मध्ये पहिलो वेभ साइट भएको जनाइएको छ ।

पुस १७ गते शनिबार आयोजित लेडी जेसीजको १७औं वार्षिक साधारणसभाको अवसरमा शक्ति नामक स्मारिकाको पनि विमोचन गरिएको हो। साधारण सभाका प्रमुख अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोख्रेल, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष बिनोद बस्नेत, वीरताा लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा ढकाल(रिजाल), नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, अध्यक्षिय सल्लाहकार प्रशान्त भण्डारी, लीला अनमोल,लगायतले संयुक्त रुपमा स्मारिकाको विमोचन गरेका थिए ।

स्मारिकामा वर्षभरिका सम्पूर्ण गतिविधि र केहि एतिहासिक दस्तावेजलाई समेटिएको अध्यक्ष आर्चायले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here