गढी संरक्षणका लागि सेनाको पदयात्रा

0
630

उदयपुर, 

ऐतिहासिक स्थल चौदण्डी गढी र उदयपुर गढीे संरक्षण तथा सरसफाइका लागि नेपाली सेनाले पत्रयात्रा तथा सरसफाइ अभियान सुरु गरेको छ । आइतबार जिल्लाको चौदण्डी गढी नगरपालिकाको उक्त गढीमा गाइघाटस्थित नेपाली सेनाको रणशार्दूृल गणका सेनाको अगुवाइमा बेल्टार क्षेत्रबाट पहिलो पटक एकदिने पदायात्रा सम्पन्न गरिएको हो ।

आइतबार नगरपालिकाको बेल्टार बजारबाट नेपाली सेना र जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोलीले झाँकी, तथा विभिन्न सांस्कृतिक कार्यक्रमसहित मार्चपास गरेर झण्डै १६ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित उक्त गढीमा पदयात्रा गरिएको गणपति अर्जुनकुमार बोहराले बताउनुभयो । चौदण्डीमा सेनासहितको मार्चपास पुगेपछि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले झण्डोतोलन गर्नुभएको र त्यसपछि नेपाली सेनाको टोेलीले गढी क्षेत्रमासरसफाइ गरेको थियो

प्रजिअ यादवले हिजो ससाना टुक्रा र गढीमा छरिएर रहेका राज्यलाई एकीरण गरेर एउटै नेपाल निर्माण गर्ने कार्य पनि सेनाले नै गरेको र आज पनि ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र सम्वद्र्धनका लागि जनचेतना जगाउन सेनाको महत्वपूर्ण भूमिका रहेकोे बताउनुभयो । नगर प्रमुख खगेन्द्रकुमार राईले पदयात्रा र जनचेतना जगाउने कार्यले चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने चर्चा गर्नुभयो ।

यसैहप्ता उदयपुर गढीमा पनि नेपाली सेनाले पैदलयात्रा र सरसफाइ गर्ने तयारी गरेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि चौदण्डी गढीमा सेन राजाले राज्य गर्दै आएका थिए ।

प्रथम राजा, जगत सेन, द्वितीय विक्रम सेन, तृतीय लोहाङ सेन र चौथो कर्ण सेनले स्वतन्त्र राज्य निर्माण गरेर राज्य गरिरहेका बेला विसं १८३० मा पृथ्वीनारायण शाहका फौज अभिमान सिंह बस्नेत, स्वरुप सिंह कार्कीको नेतृत्वको फौजले चौदण्डीगढी राज्यलाई नेपालमा गाभेका थिए ।उदयपुर गढीलाई पनि चौदण्डी गढी एकीकरण गरेको एक हप्तामा नै एकीकरण गरेपछि चौण्दडीका राजा कर्ण सेन र उदयपुरका राजा उदयसेन भागेर अन्यत्र गएको इतिहासविद् बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here