राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ बाट बस्नेत र घिमिरे

0
869

 

झापा, आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश १ बाट गोपाल कुमार बस्नेतलाई उम्मेद्वार बनाउने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमवार बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट बस्नेतलाई उम्मेदवार तय गरेको हो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले वस्नेतलाई प्रदेश १ बाट उम्मेद्वार बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बस्नेत नेपाली कांग्रेस केन्द्रीय समितिका निर्वतमान सदस्य तथा पूर्व झापा सचिव हुन् । नेपाली लेखक संघ झापाका अध्यक्ष,जय नेपाल प्रतिष्ठानका अध्यक्ष हुन् भने उनी स्थापित साहित्यकार पनि हुन् ।
राजनीतिक सास्त्रमा स्नातकोत्तर बस्नेत शिक्षा सेवीका रुपमा स्थापित छन् ।
बाल्मीकि एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका संस्थापक पनि हुन् ।

बस्नेतले प्रजातन्त्र सेनानी आदिवासी नेता स्वर्गीय तुर्सा हेमरमको प्रजातान्त्रिक आन्दोलनमा भएको योगदानको कदर गर्न र चीर स्मरणीय बनाउन स्थापित तुर्सा हेमरम प्रतिष्ठानको स्थापना र व्यवस्थापनमा संस्थापक अध्यक्ष भई आजसम्म नेतृत्व सम्हालिरहेका छन् ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नं १ बाट बस्नेतसहित बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायणदत्त मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको छ ।
यता नेकपा एमालेले पनि राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंग्याएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) उम्मेद्वार बन्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here