प्रदेश नं १ मा २७ जनामा कोरोना सङ्क्रमण

0
588

विराटनगर, 

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना सङ्क्रमण भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ४२३ जनाको पिसिआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा दुईजनामा सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, उदयपुरमा एक र प्रदेशबाहिरका चारजनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा एक÷एक, सुनसरीको इटहरीमा दुई, धरान र रामधुनीमा एक÷एक, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा एक÷एक, उदयपुरको त्रियुगामा एक र प्रदेशबाहिरका चारजनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आज पाँच महिलासहित ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १३५ रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here