बुवा आमाको स्मृति दिवसमा विद्यालयमा कार्यक्रम

0
855

धरमपुर ।

नेपाली कांग्रेसका नेता मचिन्द्र शेर्माले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ देवदुत चोकको हिमाली आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना आफ्ना बुवा आमाको स्मृति दिवस मनाएका छन् ।

सो विद्यालयको संस्थापक अध्यक्ष समेत रहेका शेर्माका बुवा हंशवीर शेर्माको १६ औ स्मृती दिवस भव्य कार्यक्रमको आयोजना गरि शेर्मा परिवारले मनाएका हुन् । उनले आमा नुतनको पनि सो कार्यक्रममा स्मरण गरेका थिए । २०३५ सालमा स्थापना भएको सो विद्यालयको व्यवस्थापन समितिको मचिन्द्रका बुवा हंसवीर शेर्मा अध्यक्ष थिए । बुवाकै नेतृत्वमा स्थापना भएको विद्यालयलाई स्वर्गारोहण पछि वर्षेनि विविध कार्यक्रम गर्दे उहाँको स्मरण गरिएको मचिन्द्रले बताएका छन् ।

काठमाण्डौ झापा सम्पर्क समितिका उपसभापति समेत रहेका शेर्मा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार फोरमका केन्द्रिय सहसचिव हुन् । नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि शेर्माले सर्वाधिक मत पाएर महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

कोरोना कहरका कारण शेर्मा परिवारले अघिल्ला दुई वर्ष विद्यालयमा कुनैपनि कार्यक्रम गर्न नपाएको मचिन्द्र पत्नि लोचनाले बताइन् । उनले भनिन्,‘ अघिल्ला वर्षलाई समेत समेट्ने गरि यो वर्ष धुमधामका साथ बुवाको १६ औ स्मृति दिवस मनाएका हौं ।’

शेर्मा परिवारले विद्यालय हातामा विद्यार्थी खेल्नका लागि फलाममे पीङ समेत निर्माण गरेका छन् । यस्तै विद्यालयका विद्यार्थीलाई पोशाक, जुत्ता, मोजा, मास्क र शैक्षिक सामग्री प्रदान गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक सन्त मावोका अनुसार शेर्मा परिवारको वर्षेपिच्छेको यो रचनात्मक कार्यक्रमले विद्यार्थीलाई थप आकर्षित गरेको छ । उनले भने,‘विद्यालयमा नियमित आउन यो कार्यक्रम पुल बनेकोे छ ।’ शेर्मा परिवारले विद्यालयमा कार्यक्रम गर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या पनि थपिएको र ड्रप आउट समेत रोकिएको प्रधानाध्यापक मावोले बताए ।

मचिन्द्र र लोचना, प्रविन र देवी श्रेष्ठ शेर्मा हंशवीरका छोरा बुहारी हुन् । जेठा पदम प्रसादको स्वर्गारोहण भइसकेको मचिन्द्रले बताए । ‘हाम्रो परिवारले विद्यालयमा १ लाखको अक्षय कोष स्थापना गरेको छ । त्यै कोषबाट आएको व्याज र नपुगेको रुपैयाँ थप गरि वर्षेनी विद्यालयमा विविध कार्यक्रम हुने गरेको छ,’कान्छा छोरा प्रविनले भने । ‘हामी रहुञ्जेल विद्यालयमा केहि न केहि कार्यक्रम वर्षेनी हुन्छ ।’

विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न सोमबार नेपाली कांग्रेस झापाका सभापती देउकुमार थेवे विद्यालय हातामै पुगेका थिए । शेर्मा परिवारले थेवेलाई कार्यक्रमको शोभा बढाउन प्रमुख अतिथिका लागि निमन्त्रणा गरेको थियो । सभापती थेवेले भने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न यस्ता अनुकरणीय कार्यपनि महान हुने छन् ।’
सामाजिक अगुवाले जिम्बेवारीका साथ गाँउका हरेक विद्यालयको अवस्था, शैक्षिक गुणस्तर, भौतिक पुर्वाधार लगायतका विषयमा चासो दिने हो भने गाँउका बालबालिकाले गुणस्तरिय शिक्षा खोज्न अन्त जानै नपर्ने थेवेले बताए ।

शेर्मा परिवारले विद्यालयका जग्गा दाता मानवहादुर राई पत्नी सरमाया राईलाई पनि सम्मान गरेको छ । यस्तै विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेतलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसरी सम्मान पाउने विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरुमा चन्द्रवहादुर मावो, विरवहादुर राई , गणेश राई, नकलमान शेर्मा, कृष्णबहादुर चेम्जोङ्ग र प्रेम राई हुन् ।

मचिन्द्र शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पर्शुराम ढुँगाना, नेकपा एसका वडा नम्बर २ का अध्यक्ष कृष्ण राई र विद्यालयका प्रधानाध्यापक सन्त मावोले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न यस्ता कार्यक्रम कोशे ढुँगो सावित हुने बताए । पितृहरुको सम्झना संग संगै समुदायको फाइदाका लागि समाजमा यस्ता कार्यक्रम आवस्यक रहेको उनिहरुले बताए । बुहारी लोचनाले स्वागत गरेको कार्यक्रमको संंचालन ज्वाँई प्रेम राईले गरेका थिए ।

कार्यक्रममा बिद्यार्थी र शिक्षिकाले समेत नृत्य प्रस्तुत गरेका थिए भने बुहारी लोचना, भुमिका परियार र मनिता सुब्बाले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सदस्य बाबुलाल मर्डी, झापा ४ (क)का सभापती विनोद ढकाल, शिवसताक्षी नगर सभापती अशोक बस्नेत, जिल्ला सदस्य धनमाया बस्नेत, क्षेत्रीय सदस्य गणेश राई, नाइन स्टार क्लवका अध्यक्ष मानवहादुर थापा, यामकुमार गुरुङ लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here