संगठीत प्रतिवादको खाँचो

0
642

ठूलोले सानोलाई शोषण गर्ने प्रवृत्तिलाई मत्स्य न्याय भनिएको हुनसक्छ । ठूलो माछाले सानो माछालाई आहार गर्ने भएकाले शायद मत्स्य न्याय भनियो । यस्तै न्याय हुने गरेको छ देशहरुको हकमा पनि । भूगोल, अर्थतन्त्र, जनसंख्या र स्रोतसाधनले ठूला भनिने देशहरुले साना देशको स्वतन्त्र अस्तित्वलाई उपेक्षा गर्ने प्रचलन आज पनि कायम छ । सिद्धान्ततः देश ठूलो वा सानो हुँदैन, एकअर्काको अस्तित्व स्वीकार गर्नु पञ्चशीलको सिद्धान्त मध्येको एक हो । तर, व्यवहारमा यस्तो भइरहेको छैन, स्रोतसाधन र समृद्धिले ठूलाहरुले क्षमता वा स्रोतले सानाहरुलाई अनाहकमा दुःख दिने, अकारण उपेक्षा गर्ने, स्वतन्त्र पहिचान र अस्तित्वलाई अवमानना गर्नेहरुको दम्भ, अहंकारबाट हामी पनि पटक–पटक पीडित भएका छौं । आफ्नो स्वामित्वको, आफ्ना पुर्खाहरुको बलिदानबाट आर्जित भूगोलको सुरक्षा गर्न नसकेर नेपाल आमाको छातीमा लागेको चोट कालापानी, महेशपुर, लिम्पियाधुरा अतिक्रमणले आज पनि दुखिरहेको छ ।

इतिहासदेखि नै दुई ठूला देशकाबीचको तरुल जस्तै रहेको हाम्रो भूगोलमा भारतले पटक–पटक घाउ लगाएको छ । यही क्रममा पछिल्लो पटक झापाको कचनकबल–५ स्थित पाठामारीमा सीमा नदी मेचीले नेपालतर्फको जमिन कटान गरेको छ । जमिन कटान भएकै कारण त्यहाँस्थित ११२ नम्बरको सीमा स्तम्भ बगाएको छ । गत साउन महिनामा मेचीको बाढीले बगाएको सो स्तभ निर्माण गर्नु परको कुरा, त्यहाँ जोखिममा रहेको मानव बस्ती जोगाउन थालिएको तटबन्ध निर्माणको कामलाई भारतीय एसएसवीले अवरोध पु¥याएको छ । कचनकवल गाउँपालिकाको आठ लाख रुपैयाँको लगानीमा ढुंगा र तारजालीको तटबन्ध निर्माण गर्न थालिएको थियोा । आफ्नो तर्फको भूगोल र मानवबस्तीको सुरक्षा गर्न पनि भारतको अनुमति लिनुपर्ने अवस्था हाम्रो स्वाधीनता, स्वतन्त्रता र स्वतन्त्र अस्तित्वको विरुद्ध हो ।

भारतीय सीमा रक्षक सुरक्षा फौज एसएसवीले नेपालतर्फको भूगोलमा आएर दुःख दिइ दादागिरी देखाएको यो पहिलो घटना होइन । बारम्बारको उसको बलमिच्याइँलाई नेपालको सत्तापक्षले राजनीतिक ढंगबाटै प्रतिवाद गर्नुपर्ने हो । उसले पनि पञ्चशीलको नीति अनुसार दुबैको समान अस्तित्वलाई स्वीकार गरेर न्यायपूर्ण सहमति गर्नुपर्ने हो । ठूलो संख्यामा हातहतियारसहित आएर सीमा क्षेत्रमा अतिक्रमण तथा थिचोमिचो गर्ने भारतीय पक्षको नियत माछाको न्यायभन्दा कम छैन । त्यसैले हाम्रा नेतृत्ववर्ग चाहे ती सत्ता पक्षका हुन् वाा प्रतिपक्ष सबैले भारतको यस्तो हेपाह प्रवृत्तिको प्रतिवाद र प्रतिकार गर्नुपर्छ । आफ्नी आमाको छातीमा चोट पु¥याउने यस्तो विकृति मानसिकताकाविरुद्ध संगठितरुपमा कुटनीतिक हतियार प्रयोग गर्दै समान अस्तित्वको विश्वव्यापी मान्यतालाई स्थापित गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here