झापा ।

सूचना प्रविधि तथा सेक्युरिटी डिभाइस सम्बन्धी कारोबार गर्दै आएको बिर्तामोडको तेजस्वी कम्प्युटर सपोर्ट हिकभिजनका उत्पादनहरुको बिक्रेताहरुमध्ये नेपाल दोस्रो भएको छ । म्
याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिको आधिकारिक बिक्रेता भई हिकभिजनका उत्पादनहरुको बिक्री एवम् सेवा प्रदान गर्दै आएको तेजस्वीले सन् २०२० को लागि नेपाल दोस्रो भएको हो । पुस १९ गते बिर्तामोडमा आयोजित पार्टनर्स मिट कार्यक्रममाझ तेजस्वीलाई हाइएस्ट सेल्स अवार्ड प्रदान गरिएको हो । तेजस्वीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेलाई हिकभिजन मुख्यालयका टेक्निकल इन्जिनियर सुप्रिम कोइराला लगायतले प्रमाणपत्र प्रदान गरेका हुन् ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङका सहभागीहरुबीच आयोजित पार्टनर्स मिट कार्यक्रममाझ आजै हिकभिजनका सिसि क्यामरासहितका सेक्युरिटिज डिभाइसहरुका बारेमा टेक्निकल इन्जिनियर सुप्रिम कोइरालाले तालिम दिएका थिए ।सेक्युरिटिज डिभाइसहरुमा समय समयमा आइरहने समस्याहरुको निराकरणका लागि प्राविधिक ज्ञान दिलाउन क्वीज कन्टेस्ट गरिएको थियो । उक्त कार्यक्रममा सहभागीहरुबीच लक्की ड्र गराएर सहभागीहरुमाझ मनोरञ्जन पनि गरिएको थियो ।
पूर्वी नेपालमा यस्ता कार्यक्रमहरु न्यूनमात्रामा गरिने गरेकाले हिकभिजनले अबदेखि आवश्यकता अनुसार छिटो छिटो तालिम दिने सो अवसरमा जनाइएको थियो ।































