‘ओली-प्रचण्डलाई मिल्न चीनको दवाव’

0
700

झापा ।

नेकपा(एमाले) र नेकपा माओवादी केन्द्र एक भई निर्माण भएको कम्युनिष्ट पार्टी नेकपा एकाएक विघटन भई पुरानो पार्टीमा रुपान्तरित भएपछी नेपालको आन्तरिक राजनितिमा नै ठूलो खैला बैला उत्पन्न भयो ।

गएको संघीय निर्वाचनमा एक भएर चुनाव लडेका यी दुई पार्टीले नेपालको ईतिहासमा सवैभन्दा धेरै सिट जित्न सफल भए । तर उनिहरु विचको दुई लाईन बैचारीक सिदान्त र आन्तरिक पदोलुलुपताका कारण त्यो लामो समय टिक्न सकेन र अन्तत पार्टी विघटन भयो जस अनुसार प्रधानमन्त्रि पदमा आसिन केपी शर्मा ओलीले राजीनामा दिनु पर्यो ।

तर फेरी यी दुई पार्टी विच कार्यगत एकता गराउन नाटकीय रुपले चीनले आफ्नो अस्त्रलाई प्रयोग गर्न थालेको छ । चिनले फेरी नजिकिदै गरेको स्थानीय निर्वाचन र संघीय निर्वाचनमा कम्युनिष्ट पार्टीको बहुमत आउने गरी नेकपा – एमाले र माओवादी केन्द्रलाई एक गराउन दुवै पार्टीका अध्यक्षहरुलाई दवाव सिर्जना गर्न थालेको छ ।

यसको लागि चिनिया राष्ट्रपती सि.जीनपीङ्ग को सन्देश बोकेर चिनिया राजदुत होउ यान्छी र चिनिया कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु हस्तक्षेपकारी भुमिका निभाउदै आइरहेका छन् । कुनैपनि हालतमा चुनाव अघी दुई कम्युनिष्ट पार्टीलाई एक बनाउन चिन सरकारले दवाव सिर्जना गर्न सुरु गरेको छ ।

एमाले अध्यक्ष के.पी शर्मा ओलीलाई बधाई दिन बालकोट पुगेकी चिनिया राजदुत होउ यान्छीले जसरी पनी चुनाव अघी प्रचण्ड संग मिलेर जान र पार्टी एकीकरण गर्न दवाव सिर्जना गरेकी छन। करिब डेढ घण्टा लामो कुराकानीमा अमेरिकी अनुदान सहयोग एम.सि.सि फिर्ता गर्न संसदमा अनुमोदन नगर्न र नेकपा एमाले र माओवादी केन्द्र विच कार्यगत एकता गरी अरु साना कम्युनिष्ट पार्टीलाई पनि सामेल गराउदै चुनाव अघी पार्टी एकता गर्न दवाव दिएकी थिन्। राजदुत यान्छीले बेइजिङले नेपालमा एमाले , माओवादी केन्द्र लगायत सवै कम्युनिष्ट शक्तिहरु मिलेर जाउन भन्ने चाहेको र यसको लागि चिन सरकार जस्तो सहयोग गर्न पनि तयार रहेको बताएकी थिईन् ।

चिनले नेकपा विभाजन भएपछी उनीहरुको आन्तरिक राजनितिमा हस्तक्षेप गर्दै आइरहेको छ । पार्टी विभाजन भएपछी २०७७ मंसिरमा चिनिया राष्ट्रपति सि चिनफिङ्ग ले आफ्ना विशेष द्रुत चिनिया रक्षा मन्त्रि वेई फेङहेलाई काठमाण्डौ पठाएर कम्युनिष्ट शक्ति मिलेर जान एमाले अध्यक्ष के.पी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई मिल्न दवाव दिएका थिए । फुटी सकेको नेकपा लाई पुन जोडेर नेकपा बनाउन चिनले फेरी २०७७ पौषमा चिनिया कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभागका उप मन्त्रि गुओ येचै नेतृत्वको चार सदस्यीय टोली काठमाण्डौ आएर दुवै अध्यक्षलाई मिल्न दबाब दिएको थियो ।

यसमा चिनिया राजदुत होउ यान्छीले नेकपा भित्रको विवाद मत्थर पार्न भन्दै हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै आईरहेकी छन् । चिन कुनै पनी हालतमा कम्युनिष्ट पार्टी विभाजन हुन नदिने दाउमा लागेको छ यसका लागि उसले दुई पार्टीमा आन्तरिक दवाव सिर्जना सुरु गरिसकेको छ ।

आउंदो चुनाव अघी दुई कम्युनिष्ट पार्टी लगायत साना कम्युनिष्ट पार्टी बिच कार्यगत एकता गरी पुर्ण बहुमत सहितको कम्युनिष्ट सरकार बनाउन चिन सरकार र चिनिया राजदुतको दौडधुप सुरु भएको छ । नेपालको कम्युनिष्ट पार्टीका आन्तरिक राजनितिमा चिनले संधै हस्तक्षेपकारी भुमिका निर्वाह गदैृ आईरहेको छ ।

यदी कम्युनिष्टहरु सत्तामा भए चिनलाई नेपालमा खेल्न सजिले हुने र आफ्ना मुद्धाहरुलाई स्थापित गराउनको लागि नै दुई कम्युनिष्ट पार्टी विच एकता गर्न दवाव सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here