नेकपा इलामले सहिद स्मृति प्रतिक्षालय निर्माण गर्दै

0
779

इलाम ।

नेपाल कम्युनिस्ट पार्टी इलामले सहिद स्मृति प्रतिक्षालय निर्माण कार्य थालेको छ ।

सानो पार्क सहित उक्त प्रतिक्षालय बन्न लागेको हो । इलामस्थित माइ नगरपालिकाको शितली बजार देखि नजिकै चिया बारी शितल ताप्ने ठाँउमै प्रतिक्षालय निर्माण हुन लागेको हो ।

युवा अभियानका अभियान्ता र पार्टीका नेता कार्यकर्ता हरुको संयुक्त श्रमदानमा निर्माण प्रारम्भ भएको प्रतिक्षालय पुर्ण रुपमा सम्पन्न हुँदासम्म श्रमदान सहित चार लाख खर्च हुन सक्ने पार्टीका केन्द्रीय सदस्य तथा इलामका इन्चार्ज सुमनसिंहले बताए । निर्माण कार्यलाइ पार्टीले आन्तरिक उत्पादन र सहयोगीहरुको सहयोग द्वारा सम्पन्न गर्ने सिंहले जानकारी दिए।

प्रतिक्षालय निर्माण कार्यमा पार्टिका केन्द्रिय सदस्य सुमनसिंह, केन्द्रीय सल्लाहकार समितिका सदस्य होम खतिवडा , पार्टीका जिल्ला सेक्रेटरी मौसम, माइनगर पालिका इन्चार्ज अर्जुन गोतामे, जिल्ला सदस्य तथा सहिद परिवारका बिमल आचार्य , नारद साम्पाङ्ग, युवा अभियानका प्रमुख दिप लगायतको उपस्थिती रहेको थियो भने उपस्थित सबैले श्रमदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here