कोरोना ‘रेड जोन’ झापामा ३० बुँदे आदेश

0
579

बिर्तामोड ।

झापामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीब्रगतिमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले ३० बुँदे आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कारोनाको संक्रमण तीब्रगतिमा फैलिएको भन्दै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरेका छन् । बिहीबार आदेश जारी गर्दै उनले माघ १६ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य हुनुपर्ने बताएका छन् ।

त्यस्तै खोप नलगाएका नागरिकलाई खोप लगाउन आग्रह गर्दै सपिङमल, डिपार्टमेन्ट स्टोर, सुपरमार्केट तथा अन्य प्रकारका पसलहरुमा एकपटकमा २५ जनाभन्दा बढी हुन नदिने गरी सञ्चालन गर्नुका साथै कुनै पनि सामान अनावश्यक रुपमा छुन नदिन दुई व्यक्तिबीचको दूरी कम्तिमा दुईमिटर कायम गर्न, मास्क अनिवार्य गर्न तथा सेनिटाइजरको व्यवस्था गर्न उनले निर्देशन दिएका छन् ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ मसान्तसम्म भौतिकरुपमा उपस्थित नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ बिधि अपनाउन प्रजिअ रिजालले निर्देशन दिएका छन् ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन मन्त्रीपरिषद्को पुस ३० गतेको निर्णयबाट जारी आदेश संक्रामक रोग ऐन २०२०को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी बिहीबार राति १२ बजेदेखि अर्को सूचना नआएसम्मका लागि प्रजिअ रिजालले झापामा ३० बुँदे आदेश जारी गरेका हुन् ।

यस्तो छ ३० बुँदे आदेश :

१. सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सम्वत् २०७८ साल माघ मसान्तसम्म सञ्चालन नगर्ने ।

२. गोष्ठी, सेमीनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जनामात्र सहभागी हुने गरी खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने ।

३. सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सम्वत् २०७८ साल माघ मसान्तसम्म सञ्चालन नगर्ने, नगराउने ।

४. विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा सम्वत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्ने ।

५. विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चादलन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सवै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।

६. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्वत् २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने, गराउने ।

७. यही माघ १६ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने ।

८. सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने गरी सञ्चालन गर्ने, कुनै पनि सामान अनावश्यक रुपमा नछुने, दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटर दूरी कायम गर्ने,मास्क अनिवार्य गर्ने, पटक–पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने गरी सञ्चादलन गर्ने। जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने–गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चाालकको हुने ।

९. पार्टी प्यालेसमा एकपटकमा कूल क्षमताको बढीमा एक–तिहाइमा नबढ्ने गरी बढीमा पचास जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई बिबाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चाललन गर्न दिने ।

१०.रङ्गशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एकपटकमा कूल क्षमताको एक–तिहाई मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने । उपस्थित दर्शकहरुमध्ये आयोजकको खर्चमा एक–तिहाई दर्शकलाई रेन्डम छनौटको आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।

११. धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतवन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यकीय परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मात्र सञ्चालन गर्ने ।

१२. माथि उल्लेख भए बाहेकका एक पटकमा पच्चीस जनाभन्दा बढी जम्मा हुने क्रियाकलाप सञ्चालन गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृतिमा जनस्वास्थ्यका मापदण्ड लगायत तोकेका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर मात्र सञ्चालन गर्ने ।

१३. सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा देहायबमोजिम गर्नेः–

(क) सिट क्षमताभन्दा बढी यात्रु नराख्ने,
(ख) सबै यात्रुलाई मास्क अनिबार्य गर्ने,
(ग) सवारीसाधनको ढोकामा र सवारी साधन भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने,
(घ) चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने,
(ङ) सवारी साधनलाई दैनिक रुपमा निसङ्क्र मित गर्नुपर्ने,
(च) सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैया लिई मास्क उपलब्ध गराउनुपर्ने,
(छ) मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने,
(ज) लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीचबाटोमा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चासलन गर्ने र यात्रुको विवरण जिल्ला कोभिड व्यवस्थापन समितिलाई उपलध गराउने,
(झ) लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।

१४. अत्यावश्यक काम वाहेक दैनिक उपभोग्य सामग्री किनमेल गर्नका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतलाई नाकामा रहेका सुरक्षा निकायबाट रोक लगाउने ।

१५. नाकाबाट प्रवेश गर्ने विदेशी नागरिक भारतीय समेत ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगटिभ भएको यकिन गरी (आधिकारिक कागजात हेरी) ज्वरो जाँच गरे पश्चात् अभिलेखमा जनाएर मात्र प्रवेश अनुमति दिने ।

१६. अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिको नाकामै ज्वरो परीक्षण गर्ने, परीक्षण गर्दा ज्वरो देखिएमा त्यस्ता व्यक्तिको एण्टिजेन टेष्ट गर्ने । एन्टिजेन टेष्ट गर्दा पोजेटिभ हुने व्यक्तिलाई सुरक्षितपूर्वक घर पठाउने व्यवस्था मिलाउने । सम्बन्धित स्थानीय तह, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल रेडक्रस सोसाईटीले आपसमा समन्वय गरी नाकामै एण्टिजेन टेष्टको व्यवस्था गर्ने र यसका लागि स्वास्थ्य कार्यालयले सहजीकरण गर्ने ।

१७. कार्यालय तथा पसल जस्ता सार्वजनिकस्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने । कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने। मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने ।

१८. होटेल तथा रेष्टुरेण्टले देहाय वमोजिमका मापदण्ड पालना गरी सेवा दिने ः–

(क) होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, फेस–सिल्ड र पञ्जा लगाउने,
(ख) होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने,
(ग) कुल क्षमताको आधाभन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने,
(घ) सेनिटाइजरको व्यवस्था गर्नुपर्ने,
(ङ) होटेल तथा रेष्टुरेन्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नुपर्ने,
(च) होटेल तथा रेष्टुरेण्टमा कुनै सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न नदिने,
(छ) होटेल तथा रेष्टुरेण्टहरू राति नौ बजेसम्म मात्र सञ्चालन गर्ने ।
(छ) होटेलले चेक–इन गर्दाको अवस्थामा वा चेक–इन गरेको २४ घण्टाभित्र आफ्नोस होटेलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टिजेन परीक्षण गर्ने, त्यसपछि प्रत्येक ७२ घण्टामा एन्टिजेन परीक्षण गर्ने र सोको विवरण डिसिएमसीलाई उपलब्ध गराउने ।

१९. राष्ट्रिय राजमार्गमा सञ्चाबलित होटेल तथा रेष्टुरेण्टले माथि बुँदा नं.१५को खण्ड (छ) बाहेक जनस्वास्थ्यका अन्य मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने ।

२०. सबै प्रकारका व्यवसायको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुईपटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउने ।

२१. जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि पुनः परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने ।

२२. सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्मका सेवाहरु विद्युतीय प्रणालीमार्फत प्रदान गर्ने व्यवस्था मिलाउने ।

२३. नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित सञ्चालन गर्ने ।

२४. कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि आम नागरिकले देहाय बमोजिम गर्ने ः

(क) जनस्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने,
(ख) घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, प्रयोग गरिएका विसर्जन गर्नु पर्ने मास्क बन्द डस्टविन वा प्लास्टिक झोलामा बन्द गरी सुरक्षित साथ राखी पाँच दिनपछि मात्र विसर्जन गर्ने ।
(ग) घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरेका मास्क नफाल्ने,
(घ) विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए तापनि कम्तीमा पाँच दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्ने,
(ङ) पीसीआर परीक्षणका लागि प्रयोगशालामा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँड्डुल,भेटघाट र बैठक नगर्ने,
(च) स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्ने,
(छ) अन्य व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्था,टोल सुधार समिति, उपभोक्ता समिति वा सम्बद्ध अन्य निकाय वा संस्थालाई यथाशीघ्र जानकारी गराउने,
(ज) होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जाने,
(झ) नेपाल सरकारले तोके वमोजिम कोभिड–१९ विरुद्धको खोप लगाउने ।

२५. यस आदेशमा उल्लेख भए बाहेकका अन्य सेवा वा कार्यसँग सम्बन्धित निकाय, सार्वजनिक, निजी, गैरसरकारी संघ–संस्था, कलकारखानाले त्यस्तो सेवा वा कार्य सञ्चाालन गर्दा गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु गराउनुपर्ने ।

२६. संस्थाको साधारण सभा वा वैठकमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपुरक संख्या मान्ने ।

२७. कोभिड–१९ कोरोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपालसरकारवाट जारी आदेश र यस आदेशको पालना गराउन सवै राजनीतिक दल, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था, सञ्चार जगत र आमनागरिक सवैलाई आवश्यक सहयोग समन्वय एवम् सहजीकरणको लागि अनुरोध छ ।

२८. कोभिड–१९कोरोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारवाट जारी आदेशमा जिम्मेवारी तोकिएका निकायको कार्यसम्पादनमा आवश्यक सहयोग, सहजीकरण तथा अनुगमन गरिनेछ ।

२९. आदेशमा लेखिए भन्दाभिन्न कुनै आकस्मिक परिस्थिति सिर्जना भएमा नजिकको सुरक्षा निकायमा जानकारी गराउने ।

३०. यस आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्याउउने व्यक्ति तथा संस्थालाई संक्रा मक रोग ऐन, २०२० वमोजिम कारबाही र सजाय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here