करेन्ट लागेर एक जनाको मृत्यु

0
640

मोरङ ।

मोरङको रतुवामाई नगरपालिका–९ मा पानी तान्ने ट्युवेलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वरुकुम घुमे गाउँपालिका–७ का २५ बर्षीय मदन श्रेष्ठ रहेका छन् । रतुवामाई–९ बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउँदा करेन्ट लागेर घाईते भएका थिए ।

उनलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here